back
CTIZAN AD

बैंक र सहकारीले खोजे कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ फागुन ६ मंगलवार

747 

shares

७ फागुन, काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा रहेको एक सहकारी संस्थाले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

यस संस्थाले लेखापालमा २, रिसेप्शनिष्टमा १ र बजार प्रतिनिधीमा ५ जना अनुभव भएका कर्मचारीको माग गरेको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र, बायोडाटा र १ प्रति पिपी साइजको फोटो सहित ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. पुरानो वानेश्वर ०१–४४७८८९० न्युरोड ०१–४२५०४५० वा ईमेलः rkrayamajhee47@gmail.com   मा मेल गर्न सकिने जनाएको छ ।

यसैबिच बैंक अफ काठमाडौँ लिमिटेडले पनि सिनियर एसिस्टेन्टमा दक्ष, सक्षम तथा अनुभव केहि कर्मचारीको आवश्यकता रहेको सूचना दिएको छ ।

उक्त बैंकका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र http://www.askmeconsult.com/company/bank-of-kathmandu-353/  मा आवेदन दिनुपर्ने छ ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १०:३५ मा प्रकाशित