८ फागुन, काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने नागरिकको गोप्य ढंगले विवरण सङ्कलन सुरु गरेको छ ।
विशेषगरी विदेशी नागरिकलाई लक्षित गरेर विवरण सङ्कलन गरिएको हो । उपत्यकाभित्र बसोबास गर्ने विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न पाइएपछि प्रहरी उनीहरुको विवरण सङ्कलनमा लागेको हो ।
यसका लागि प्रहरीले मातहतका सबै युनिटलाई निर्देशन दिएसकेको छ विदेशी नागरिकको बसोबास रहेको क्षेत्रका युनिटलाई बढी सक्रिय पारिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम सुवेदीले नागरिकको विवरण सङकलन भइरहेको बताए । ‘ नागरिकको विवरण सङकलनको काम प्रहरीले यसअघि नै थालेको हो । बिहीबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:४२ मा प्रकाशित






























