back
CTIZAN AD

एआरटी सेवा सदरमुकाम केन्द्रित, सङ्क्रमितलाई सेवा लिन सकस

वि.सं.२०७६ फागुन ९ शुक्रवार

561 

shares

९ फागुन , गलकोट । एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल ट्रिटेमेन्ट (एआरटी) सेवा लिँदै आएका छन् ।

विभेद एवं लाञ्छनाबाट बच्न उनले बागलुङमा आएर औषधि तथा परामर्श लिन आउने गर्छन् । परिवारको कमजोर आर्थिक अवस्थाका हुँदापनि सो स्थानमा आउन ऋणधन गर्नुपर्ने अवस्था रहेको छ । उनी भन्छिन्, “एचआइभी सङ्क्रमितलाई स्थानीय सरकारले स्थानीय तहमा सहयोग गर्नुपर्छ । ”

धौलागिरि अञ्चल अस्पतालमा सङ्क्रमितलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गर्न एआरटी सेन्टर सञ्चालनमा रहेको छ । टाढाबाट औषधि उपचारका लागि सङ्क्रमित सदरमकुमा आउँदा धेरै खर्च हुने सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा ३९५ एचआइभी सङ्क्रमितले नियमित एआरटी औषधि लिइरहेका छन् । ती मध्ये २० बालबालिका छन् ।

अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा आर्थिक अवस्था कमजोर भएका एवम् ग्रामीण भेगबाट आउन जान समस्या हुनेका लागि धौलागिरि पोजेटिभ समूहले निःशुल्क खान बस्नको व्यवस्था गर्दै आएको छ । सङ्क्रमित बालबालिकालाई विभिन्न निकायको सहयोगमा संस्थाले संरक्षित भत्ता प्रदान गर्दै आएको छ ।

केही समयअघि मात्रै सङ्क्रमित भएको पत्ता लागे पछि धौलागिरि पोजेटिभ समूहको आश्रयमा बस्दै आएकी अर्की एचआइभी सङ्क्रमितले समाजले गर्ने विभेदबाट माथि उठेर संस्थाले गरेको सहयोगले आंशिक भए पनि राहत भएको बताइन् । उनले यातयात खर्च जुटाउन नसक्दा औषधि तथा परामर्श लिन आउन समस्या हुने गरेको भए पनि खाना तथा बस्नको व्यवस्थाले केही सहज भएको जानकारी दिए ।

समूहले सङ्क्रमितका लागि लक्षित गरी सञ्चालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण सङ्कटमा परेको जनाएको छ । मासिकरुपमा यहाँ झण्डै ४० जना सङ्क्रमितले आश्रय लिने गरेका भएपनी आवश्यक बजेटको जोहो गर्न नसक्दा हेचाह केन्द्र चलाउन समस्या भएको छ ।

विभिन्न सहयोगी निकायबाट आउने रकमको समय अवधि समाप्त भएको र स्थानीय निकायले एचआइभी सङ्क्रमितका लागि त्यति ध्यान नदिएका कारण सङ्क्रमितलाई खाना बस्नको व्यवस्था गर्नसमेत कठिन हुन थालेको समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए । केन्द्रमा सङ्क्रमितलाई खाना, बस्नका साथै मनोवैज्ञानिक परामर्श र जटिलता भएका सङ्क्रमित बिरामीलाई रेफर प्रदान गरिदै आएको उनले जानकारी दिए ।

पिछिल्लो समय सङ्क्रमित खुल्न थाले पनि उनीहरुले प्रयोग गर्ने औषधि तथा परामर्शकै लागि सदरमुकाम धाउँदा धेरै खर्च गर्नुपर्ने भएको हो । अशिक्षा, भौगोलिक विकटतालगायतका कारण अझै पनि ग्रामीण भेगका सङ्क्रमित विद्युत् उपचारबाट वञ्चित भएका छन् । अहिले सङ्क्रमितलाई सरकारले निःशुल्क औषधि वितरण र निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको भए पनि पर्याप्त नभएको उनीहरुको गुनासो रहेको छ । रासस

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०९:३४ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...