back

राष्ट्रसंघको सुधार गरी प्रभावकारिता बढाउछु: महासचिव गुटेरेश

वि.सं.२०७३ मंसिर २८ मंगलवार

747 

shares

२८ मङ्सिर,संयुक्त राष्टसंघ । संयुक्त राष्टसंघका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आफू संयुक्त राष्ट्रसंघको सुधारका लागि लाग्ने बताउनुभएको छ ।

विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापहरुको प्रवर्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघको सुधारगरी यसलाई एक सशक्त संगठन बनाउनेतर्फ आपूm लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो ।
सोमबार बिहान राष्ट्रसंघीय महासचिव पदको सपथ ग्रहणगर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । गत महिना नियुक्त हुनुभएका महासचिव गुटेरेशले सोमबार सपथ लिनुभएको हो ।
उहाँको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि सुरु हुदैछ । राष्ट्रसंघीय मुख्यालयमा एक भव्य समारोहबीच उहाँलाई सपथ गराइएको हो ।
त्यस अवसरमा उहाँले भन्नुभयो, विश्वमा देखापरिरेहका नयाँ नयाँ चुनौतीहरुको समाधानका साथै नयाँ सम्भावनाहरुको खोजी र समस्या समाधानका लागि राष्ट्रसंघले नयाँ ढंगले काम गर्नुपर्ने उहाँको धारणा थियो ।
यस संघका अघि हाल देखा परिरहेका खास समस्या भनेको न्युनतम रुपमा पनि द्धन्द्धको समाधान गर्न नसक्नु र विश्वमा प्रतिदिन विभिन्न खालका संकटको जन्म हुने र तिनको समाधानमा प्रभावकारिता नहुनु नै हो भन्नुभयो ।
सपथग्रहण पछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्टसंघ खोजेको छ र यसका माध्यमबाट विश्वले द्धन्द्ध र संकटको समाधान खोजेको छ ।
उहाँले संयुक्त राष्ट्रसंघको जन्म विश्वमा जारी रहेको युद्धबाट भएको हो तर पनि हाम्रो अहम भूमिका भनेको शान्तिको स्थापना नै हो भन्दै यस प्राथमिकतालाई आफ्नो कार्यकालमा अघिसार्ने पनि बताउनुभयो ।
हाल विश्वमा जस्तै सिरिया, यमन र यमनमा निकै संकटपूर्ण अवस्था छ भने यस्तो अवस्था रहेका देशहरु अरु पनि छन् । त्यसैगरी निकै लामो समयदेखि आन्तरिक रुपमा द्धन्द्धमा फसेका पनि कैयौं देशहरु छन् । यस्तो अवस्थामा हाम्रो तर्फबाट थप अग्रसरता र भूमिका चाहिन्छ, उहाँले भन्नुभयो ।
उहाँले राष्टसंघको अहिलेको ढाँचा र प्रयासहरुम व्यापक मात्रामा सुधार आवश्यक रहेको र हाम्रो तर्फबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राख्नुभयो ।
उहाँ संयुक्त राष्ट्रसंघको नवौँ महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त हुनुभएको हो । उहाँले यस पदको सपथ लिइरहँदा विश्वका कैयौं देशमा हिंसा रोकिएको छैन । साथै संसारमा हिंसाका नयाँ नयाँ रुपहरु पनि जन्मिरहेका छन् ।
यस्तो अवस्थामा विश्वको नै एक छाता र शक्तिशाली संगठनका रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका थप प्रभावकारिताको खोजी संसारले नै गरिरहेको छ । बिगतमा यसको भूमिका त्यति प्रभावकारी नरहेको आलोचना पनि भएको थियो । रासस÷ सिन्ह्वा

वि.सं.२०७३ मंसिर २८ मंगलवार १०:१५ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...