back
CTIZAN AD

राष्ट्रसंघको सुधार गरी प्रभावकारिता बढाउछु: महासचिव गुटेरेश

वि.सं.२०७३ मंसिर २८ मंगलवार

921 

shares

२८ मङ्सिर,संयुक्त राष्टसंघ । संयुक्त राष्टसंघका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आफू संयुक्त राष्ट्रसंघको सुधारका लागि लाग्ने बताउनुभएको छ ।

विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापहरुको प्रवर्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघको सुधारगरी यसलाई एक सशक्त संगठन बनाउनेतर्फ आपूm लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो ।
सोमबार बिहान राष्ट्रसंघीय महासचिव पदको सपथ ग्रहणगर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । गत महिना नियुक्त हुनुभएका महासचिव गुटेरेशले सोमबार सपथ लिनुभएको हो ।
उहाँको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि सुरु हुदैछ । राष्ट्रसंघीय मुख्यालयमा एक भव्य समारोहबीच उहाँलाई सपथ गराइएको हो ।
त्यस अवसरमा उहाँले भन्नुभयो, विश्वमा देखापरिरेहका नयाँ नयाँ चुनौतीहरुको समाधानका साथै नयाँ सम्भावनाहरुको खोजी र समस्या समाधानका लागि राष्ट्रसंघले नयाँ ढंगले काम गर्नुपर्ने उहाँको धारणा थियो ।
यस संघका अघि हाल देखा परिरहेका खास समस्या भनेको न्युनतम रुपमा पनि द्धन्द्धको समाधान गर्न नसक्नु र विश्वमा प्रतिदिन विभिन्न खालका संकटको जन्म हुने र तिनको समाधानमा प्रभावकारिता नहुनु नै हो भन्नुभयो ।
सपथग्रहण पछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्टसंघ खोजेको छ र यसका माध्यमबाट विश्वले द्धन्द्ध र संकटको समाधान खोजेको छ ।
उहाँले संयुक्त राष्ट्रसंघको जन्म विश्वमा जारी रहेको युद्धबाट भएको हो तर पनि हाम्रो अहम भूमिका भनेको शान्तिको स्थापना नै हो भन्दै यस प्राथमिकतालाई आफ्नो कार्यकालमा अघिसार्ने पनि बताउनुभयो ।
हाल विश्वमा जस्तै सिरिया, यमन र यमनमा निकै संकटपूर्ण अवस्था छ भने यस्तो अवस्था रहेका देशहरु अरु पनि छन् । त्यसैगरी निकै लामो समयदेखि आन्तरिक रुपमा द्धन्द्धमा फसेका पनि कैयौं देशहरु छन् । यस्तो अवस्थामा हाम्रो तर्फबाट थप अग्रसरता र भूमिका चाहिन्छ, उहाँले भन्नुभयो ।
उहाँले राष्टसंघको अहिलेको ढाँचा र प्रयासहरुम व्यापक मात्रामा सुधार आवश्यक रहेको र हाम्रो तर्फबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राख्नुभयो ।
उहाँ संयुक्त राष्ट्रसंघको नवौँ महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त हुनुभएको हो । उहाँले यस पदको सपथ लिइरहँदा विश्वका कैयौं देशमा हिंसा रोकिएको छैन । साथै संसारमा हिंसाका नयाँ नयाँ रुपहरु पनि जन्मिरहेका छन् ।
यस्तो अवस्थामा विश्वको नै एक छाता र शक्तिशाली संगठनका रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका थप प्रभावकारिताको खोजी संसारले नै गरिरहेको छ । बिगतमा यसको भूमिका त्यति प्रभावकारी नरहेको आलोचना पनि भएको थियो । रासस÷ सिन्ह्वा

वि.सं.२०७३ मंसिर २८ मंगलवार १०:१५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...