Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी नभएको भन्दै डब्लुएचओद्वारा चासो व्यक्त



११ फागुन, एदिस अबाबा ।  कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ ।

सङ्गठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर “कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,” टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी सङ्घका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भने ।

डिसेम्बरमा चीनबाट शुरू भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ ।

डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताएका छन् । उनले सङ्क्रमणको आशङ्का गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरसको पुष्टि भने भएको छैन ।

तर यदि कोभिड–१९ जब अफ्रिकी महाद्वीपमा फैलिन थाल्छ अफ्रिकी स्वास्थ्य प्रणालीलाई पीडित बिरामीहरूको उपचार गर्न जटिल हुनेछ,” डब्ल्यूएचओको टेड्रसले भने । “यी बिरामीहरूलाई श्वासप्रश्वासका लागि सहयोगी मेसिन जस्ता उपकरणहरू प्रयोग गरी गहन हेरचाह आवश्यक पर्छ जुन तपाईंलाई थाहा छ, धेरै अफ्रिकी देशहरूमा अभाव रहनेछ त्यसैले यो चिन्ताको विषय हो,” उनले भने ।

अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम, र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गरे । “हाम्रो प्यारो महाद्वीप, अफ्रिकामा तुलनात्मक रूपमा विश्वका अन्य क्षेत्रको तुलनामा कमजोर स्वास्थ्य प्रणालीको जोखिममा रहेको छ,” उनले भने । अफ्रिकी मुलुकमा कोरोना भाइरस परीक्षणको क्षमता भएका देशको सङ्ख्या सङ्क्रमणको व्यापकतासँगै दुईबाट २६ पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको