back
CTIZAN AD

कुवेतमा सम्पन्न एम.बि.बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको उपाधि पुर्वेली टाइगरलाई

वि.सं.२०७६ फागुन ११ आइतवार

819 

shares

२३ फेब्रअरी, कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवको आयोजनामा १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सम्पन्न भएको छ ।

कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सौहार्दपूर्ण बातावरणमा १४ र २१ फेब्रअरी लगातार २ शुक्रबार खेलाईएको गोल्ड कपको १८ औं संस्करणमा पुर्वेली टाईगरले विजेताको उपाधि हात पार्न सफल भएको छ भने मङगाफ एफ सि उप-बिजेता बनेको छ ।

१३ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको उक्त टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता १४ फेब्रअरीमै सम्पन्न भएका थिए । जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै मङगाफ एफ सि, v\s केजी एल एफ सि, पुर्वेली टाईगर र सरोकार समाज सेमीफाईनमा प्रवेश गरेका थिए ।

सेमिफाईनलका गोलरहरु
पहिलो सेमीफाईनल-के.जि.एल.एफ.सी. ख्क मंगाफ एफ.सी. निर्धारित समय सम्म दुबै पक्षबाट गोल नभएपछी थप समय ५-५ मिनेट १० मिनेट दिएपनि गोल नभएपछी खेलमा फेरि पेनाल्टी सुट गराइएको थियो । पेनाल्टी सुटमा दुबै टिम बाट ५-५ जनाले पेनाल्टी सुट गर्दा मंगाफ एफ सीको तर्फबाट १ बल बाहिर आउट भएको र के जि एल बाट पनि १ बल आउट भएकोले फेरी दुबैतर्फबाट गोलकिपरलाई सुट गराउँदा पनि दुबै गोलकीको तर्फबाट गोल भएर फेरी पनि बराबरी भएको थियो ।

खेलको नियमअनुसार दुबै टिमबाट १-१ जनाले पेनाल्टी सुट गराउँदा मंगाफ एफ सी बाट गोल भएको र के जि एलबाट बल बाहिरिएपछी खेलको नतिजा मंगाफ एफ सी ६ गोल र के जि एल ५ गोलमा सिमित भएर खेलमा हारजितको घोषणा गरिएको थियो ।  मंगाफ एफ सी फाईनलमा प्रबेश गर्यो र दोश्रो सेमीफाईनल खेलमा सरोकार समाज ख्क पुर्बेली टाईगर सरोकार समाज ०-६ गोल गर्दै पुर्बेली टाईगर फाईनलमा प्रबेश गरेको थियो ।

आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात ३५ उमेर काटेका पुराना तथाअनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो ।

जसमा टिम क्याप्टेनहरु एक टिममा राजेन्द्र तामाङ क्लवका बरिष्ठ सल्लाहकार र अर्को टिममा नेपाली दूतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी रहेका थिए । जसमा राजदूत भण्डारीको टिमले राजेन्द्र तामाङ टिमलाई २–० गोलले पराजित गरेको थियो ।

फाईनलका गोलरहरु

यसैगरी फाईनलमा खेलमा मंगाफ एफ सी v\s पुर्बेली टाईगर ४-६ गोल गर्दै १८ औं माउण्ट एभरेष्ट एम बी बमजन गोल्डको उपाधि पुर्बेली टाईगरले उपाधी हात परेको थियो । खेलमा अनुशासित बेस्ट टिम ईलेभेन स्टार भएको थियो भने मंगाफ एफ सी टिम को खेलाडी उत्कृष्ट गोल रक्षक सुमन लिम्बु, जर्सी न १ बेस्ट डिफेन्डर सन्तोष याक्खा, जर्सी न १३ उत्कृष्ट फर्वड कृष्ण बहादुर लिम्बु जर्सी न ७ रहेको थिए ।

पुर्बेली टाईगर टिमका खेलाडी जर्सी न २१ सबै भन्दा बढी गोल स्कोर अमृत मेचे, जर्सी १९ राजिव राई उत्कृष्ट खेलाडी, जर्सी न् १० ऋषी गुरुङ, उत्कृष्ट मिडफिल्डर रहेका थिए ।

क्लवले प्रथम हुने पुर्वेली टाईगरलाई २५१ केडी नगद, ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरेको थियो भने द्धितीय हुने मङगाफ एफ सि क्लवलाई १५१ केडी नगदी, ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरेको थियो ।

यसैगरी, सहभागी १३ टिमहरु मध्ये अनुशासित टिमको उपाधी ईलेभेन स्टार एफ सि, उत्कृष्ट खेलाडी हर्क मगर (गोर्खाली फुटबल क्लव) र हाई स्कोरर मेचे (पुर्बेली टाईगर) ले प्राप्त गरेका छन् भने रेफ्रिहरुलाई कप र मेडलले सम्मान गरिएको थियो ।

क्लवले १८ औं बमजन गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी लिई सहयोग पुर्याएका नेपाल-कुवेत सरोकार समाज, मुख्य स्पोन्सर बहराइन एक्सचेन्ज कम्पनी(BEC) कुवेत र आरोसी कार्गो नेपाललाई मायाको चिनोले समान गरिएको थियो भने मिडिया लगायत अन्य सहयोगीहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

क्लव अध्यक्ष डम्बर रिमालको अध्यक्षतामा सम्पन्न १८ औं गोल्डकप २०२० को कार्यक्रमलाई क्लवका महासचिब सुरेश गुरुङ र मगर सँघ कुवेतका प्रथम उपाध्यक्ष बसन्त थापा मगरले संयुक्त रुपमा सञ्चालन गरेका थिए भने गोल्ड कप संयोजक तथा खेलकुद बिभाग प्रमुख मोहन राई रहेका थिए ।

बिजेता र उपबिजेता टिमहरुलाई बमजन कपका संस्थापक क्लवका बरिष्ठ सल्लाहकार राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, सरोकार समाज कुवेतका अध्यक्ष राम बहादुर तामाङ, पूर्वअध्यक्ष ईन्द्र पोखरेल र गोल्ड कपका प्रायोजक बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गराईएको थियो ।

१८ औं बमजन गोल्ड कपलाई लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल बहराइन एक्सचेन्ज कुवेतले मु्ख्य प्रायोजन गरेको थियो । राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि खाता खोल्न सकिने तथा अन्लाईनबाट नेपाल पैसा पठाउने सुबिधा दिएको छ ।

यसैगरी कुबेतदेखी नेपाल घर दैलोसम्म कुबेतबासीहरुको लागी सबै सस्तो भरपर्दो मानिएको एकमात्र आरोसी कार्गो नेपालले सहयोग गरेको थियो ।

यसैगरी नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई सहयोग गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति तथा क्लव अध्यक्ष डम्बर रिमालले १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपलाई अति भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्लवबाट आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए ।

वि.सं.२०७६ फागुन ११ आइतवार ०८:५० मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...