back

भृकुटी मण्डपमा पुस्तक मेला, पुस्तक विक्रेता भन्छन् यस्ता पुस्तक बढी विक्रि हुन्छन्

वि.सं.२०७६ फागुन ११ आइतवार

198 

shares
NTC AD
Global IME AD

११ फागुन,काठमाण्डौं । पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन् । इतिहास, विज्ञान, वा जीवनीको बारेमा पनि पुस्तक लेखिने गरिन्छ । पुस्तक ठूलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ । पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख्न सकिन्छ । पुस्तकहरू आनन्दको लागि पढ्न सकिन्छ वा आवश्यक विषयको जानकारीका लागि प्रयोग गरिन्छ ।

पढ्नेलाई जहीतही नपढ्नेलाई कहि न कही भने झैं पुस्तक प्रति सवैको मोह जागोस् भन्ने अभिप्रायले पुस्तक मेला भृकुटी मण्डपमा सुरु भएको छ ।

पुस्तक मेलामा पुस्तक व्यापारका लागि आएका पाँच पोखरी प्रकाशन न्युरोडका आइत तामाङले सुरुको दिन खासै ग्राहक नआए पनि अहिले दैनिक २० हजारदेखि २५ हजारसम्म व्यापार हुने गरेको बताउँछन् । उनले आफ्नो पसलमा कृषि, धार्मिक, बाल कथा, कथा, कविता, उपन्यास, जीवनी र व्यक्तित्व विकासका पुस्तकहरु पाइने बताए । उनले आफ्नो पसलबाट जीवनी र प्रेरणात्मक पुस्तकहरु बढि विक्रि भएको बताउछन् । किशोर किशोरीहरुले बढि पुस्तक खरिद गरेको बताउदै मानिसको जीवनमा पुस्तकले महत्वपूर्ण भूमिका रहेको बताए ।

पुस्तक पढ्ने वातावरण सिर्जना गर्नका लागि पुस्तक मेला आयोजना गरिएको शीखा प्रकाशन, बागबजारका पुष्पलाल पौडेलले बताएका छन् । उनले पुस्तक मेला आयोजनाको उद्धेश्य व्यापार भन्दा पनि पुस्तक पढ्ने संस्कृतिको विकास गर्ने भएको बताए । एकै ठाउँमा धेरै पुस्तकहरु पाइने भएकाले पुस्तक मेला उचित भएको बताए ।

ज्ञानको लागि पुस्तक आवश्यक भएको पुस्तक खरिदकर्ता दिलेन्द्र पाठकको बुझाइ छ । उनले ज्ञान लिने तरिका फरक–फरक भएको बताउँदै पुस्तकका अलवा मल्टी मिडियाबाट ज्ञान लिने सकिने बताए । साथै, पाठकले पुस्तकबाट एकान्तमा बसेर पढ्दा जुन रुपमा त्यसको ज्ञान लिन सकिन्छ , त्यो अन्य माध्यमबाट नहुने बताए । उनले आफूले सुचना प्रविधी सम्बन्धी पुस्तक खरिद गरेको बताउँदै समसामयिक भन्दा आख्यान, निबन्ध र आत्मकथाहरु पढ्न रुचि भएको बताए ।

मानिसमा पढ्ने बानी हट्दै गएका कारण पठन संस्कृतिको विकास गर्नका निम्ति पुस्तक मेला सञ्चालन गरिएको सांग्रीला बुक्स, बागबजारका मनोज खड्काको भनाई छ । उनले पुस्तक बेचेर नाफा कमाउने भन्दा मानिसहरुमा अलिकति भए पनि पढ्ने वातावरण बन्छ की ? भन्ने आशा व्यक्त गरेका छन् । उनले आख्यान, मोटिभेस्नल, सामाजिक, ऐतिहासिक पृष्टभुमिका पुस्तकहरु वढि विक्रि भएको बताउँछन् ।

कुरुम्बाङ प्रशिक्षार्थी पत्रकार हुन्

वि.सं.२०७६ फागुन ११ आइतवार १६:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD