back
CTIZAN AD

कति कमायो २ दिनमा ‘सेन्टी भाइरस’ले

वि.सं.२०७६ फागुन ११ आइतवार

1.1K 

shares

११ फागुन, काठमाडौं । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ । निर्माणपक्षले नै उपलब्ध गराएको रिपोर्ट अनुसार चलचित्रले २ दिनमा २ करोड माथिको व्यापार गरेको छ ।

निर्माणपक्षका अनुसार, शुक्रबार १.१२ करोड कमाई गरेको चलचित्रले शनिबार १.३५ करोडको कमाई गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।

त्यस्तै, ‘सेन्टी भाइरस’ सँग एकसाथ आएको दीपेन्द्र के। खनाल निर्देशित फिल्म ‘आमा’ ले दुई दिनमा सुखद कमाई गरेको छ । वितरक करण क्रेजीले फिल्मले शुक्रवार ५७ लाख र शनिवार ७३ लाख कमाएको जानकारी दिए ।

वि.सं.२०७६ फागुन ११ आइतवार १६:१० मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...