back
CTIZAN AD

जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीद्वारा कपडा र शैक्षिक सामग्री वितरण

वि.सं.२०७६ फागुन १२ सोमवार

816 

shares

११ फागुन, तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका–४ ईवामा रहेको जन्मघर आएका ओलीले आइतबार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गरे ।
आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर आइपुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताए ।

आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताए । ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताए । “कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु”, प्रधानमन्त्री ओलीले भने, “यही घरमुनीको टार बारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।”

सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौषमी तरकारी, फलफल लगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आह्वान गरे । स्कुसका लागि आफ्नो जन्म घरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश निर्यात गर्न आह्वान गरे ।

बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बीर खिचाए । बाल्यकालका केही दौँतरीसँग पनि उनले भलाकुसारी गर्न भ्याए । ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाए । पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाइन् । प्रधानमन्त्री ओलीले सङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि आइतबार नै उद्घाटन गरे ।

वि.सं.२०७६ फागुन १२ सोमवार १०:५७ मा प्रकाशित

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...