back
CTIZAN AD

फ्युजनको कन्फ्युजन  !

वि.सं.२०७६ फागुन १३ मंगलवार

708 

shares

हिजो आज कमरेड
कमरेड कम र कन्फ्युज्ड बढी देखिन्छन् !

कैले स्वस्थानी पढ्छन
र महिलाहरूलाई हेप्न सिक्छन्
कैले हनुमान चालीसा पढ्छन
र प्रभु भक्तिको महिमा सोच्छन
कैले मनुस्मृति पढ्छन
र शासन गर्ने तरिका खोज्छन
कैले वर्तामान संविधानसँग
मुलुकी ऐनलाई दाँज्छन्
र मुलुकी ऐनभित्र उज्यालो खोज्छन !

हिजो आज कमरेड
सुत्नु अगाडि नित्य
सद्गुरुको प्रवचन सुन्छन्
र सगौरव मिठो निद्रा सुत्छन !

कैले भैंसी पूजा गर्छन्
कैले धनधान्यचल यज्ञको उद्घाटन गर्छन्
कैले आदित्य अद्भूतको उद्गार ओकल्छन्
र फ्युजनको कन्फ्युजन रोप्छन्
हिजो आज कमरेड
कमरेड कम र कन्फ्युज्ड बढी देखिन्छन् !

डाकासँग डेटिङ जान्छन्
ठगसँग ठुम्का हान्छन्
तस्करसँग सुत्छन्
भ्रष्टचारीसँग डिनर गर्छन्
र शोषकसँग सहकार्य गर्छन्
हिजो आज कमरेड
छायाँ जस्तै :
– केवल देखिन्छन्
– छाम्दा भेटिदैनन् !

हिजो आज कमरेड
आफ्नै इतिहास संझेर तर्सिन्छन
आफ्नो पुरानो तस्विर हेर्छन
र हतार हतार सिरानीमुनि घुसार्छन !

आफ्ना जनता यथार्थमा को हुन्-
कमरेडलाई भोट दिनेहरू,
या कमरेडलाई नोट दिनेहरू ?
हिजो आज कमरेड
निकै गहिरो कन्फ्युजनमा छन्
फ्युजनको भयानक कन्फ्युजनमा !

२०७६्-११्-१०
घनश्याम स्मृति कक्ष
पोखरा

 

वि.सं.२०७६ फागुन १३ मंगलवार ०९:३३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...