back

दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

वि.सं.२०७६ फागुन १३ मंगलवार

207 

shares
NTC AD
Global IME AD

१३ फागुन, दैलेख । जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताए ।

दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् । कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो । डा दत्तका अनुसार कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीबन्दीको अध्ययन गरिएको थियो । उनले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीबन्दीमा मानसिक समस्या देखिएको बताए ।

“कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरका कारण ती महिलामा यस्तो समस्या देखिएको हो”, दत्तले भने । त्यसैगरी लागुऔषध ओसारपसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ । मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले जानकारी दिए ।

“अब नियमितरूपमा परीक्षण गरिनेछ”, पन्तले भने । कैद भुक्तानपछि पनि समाजमा जाँदा गाउँ समाजबाट एक्लिने डर र चिन्ताले गर्दा बहुविवाह गरेका महिलामा मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । असी पुरुष र २० महिला गरी १०० जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदीबन्दी र थुनुवा गरी १४२ जना रहेका छन् । दुई नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताउन बाध्य छन् । रासस

वि.सं.२०७६ फागुन १३ मंगलवार ०९:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री...

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा...

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा...

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र...