back
CTIZAN AD

स्वास्थ्यकर्मीबाट संक्रमित हुदै विरामी- अध्ययन

वि.सं.२०७६ फागुन १३ मंगलवार

714 

shares

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार स्वास्थ्य निकायमा स्वास्थ्यकर्मीले हातलाई पर्याप्त र उचित रूपमा नधुँदा बिरामीलाई अस्पतालजन्य संक्रमण हुने सम्भावनामा वृद्धि हुन्छ ।

अस्पतालमा भर्ना भएका एक सय बिरामीमध्ये ७ जना उच्च आय भएका राष्ट्रका र १० जना मध्यम र निम्न आय भएका राष्ट्रका बिरामीलाई स्वास्थ्य रेखदेखसँग सम्बन्धित संक्रमण हुने गर्छ । इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा भएका गम्भीर रूपले बिरामी र कमजोर रोगीको हकमा भने यो एक सय जनामा ३० जनासम्म संक्रमित हुने गरेको देखिएको छ ।

बर्सेनि विश्वभरिमा करोडौं बिरामी स्वास्थ्य सेवासँग जोडिएको संक्रमणले प्रभावित हुन्छन् । जसमध्ये एउटा उच्च अनुपात रोगाणुका कारण हुन्छ । जो एन्टिबायोटिकप्रति प्रतिरोधी हुन्छन् । स्वास्थ्य स्याहारसँग जोडिएका संक्रमण त्यतिखेर हुन्छन्, जब स्वास्थ्य सेवा उपलब्ध गराउने व्यक्तिले छुँदा बिरामीमा रोगाणु सर्छ ।

स्वास्थ्यकर्मीहरूका लागि हातको स्वच्छताका पाँच क्षण रहेको डब्लूएचओले औंल्याएको छ । यसअन्तर्गत बिरामीलाई छुनुभन्दा अघि, स्वच्छता र कुहिने प्रक्रिया रोक्नुभन्दा अघि शरीरको तरल पदार्थको सम्पर्कपछि, एउटा बिरामीलाई छोएपछि र रोगीको परिवेश ९सराउन्डिङ० लाई छोएपछि समेत संक्रमणमुक्त हुने गरी हात धुनुपर्छ । प्रत्यक्ष रोगीको सम्पर्क मात्र नभई स्वास्थ्यकर्मीलाई रोगीको सम्पर्कले गर्दा प्रदूषित सतहलाई छोएपछि समेत हातमा जीवाणु आउन सक्छन् ।

जर्नल इन्फेक्सन कन्ट्रोल एन्ड हस्पिटल इपिडिमियोलजीमा प्रकाशित सन् २०१० को एउटा अध्ययनमा के देखियो भने, मात्र ४० प्रतिशत डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूले अस्पतालमा हात स्वच्छताको नियमलाई पालन गर्छन् । स्वास्थ्यकर्मीले कुनै न कुनै चरणमा हात उपयुक्त तरिकाले संक्रमणमुक्त हुने गरी धुनेबारे तालिम लिएको औंल्याउँदै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागका डा. पीयूष राजभण्डारी थप्छन्, ‘हात धुने प्रक्रियालाई कनिष्ठ स्वास्थ्यकर्मी, अप्रेसन गर्ने बेलामा शल्य चिकित्सकलगायतले बढी पालना गर्छन् ।’ उनका अनुसार चिकित्सकलगायतका स्वास्थ्यकर्मीले नियमित रूपमा उपयुक्त रूपले हात धुने नियमको पालना गर्दा अस्पतालजन्य संक्रमणमा कमी आउँछ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०९:५८ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...