१३ फागुन, काठमाडौँ । ग्लोरियस बचत तथा ऋण सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
ललितपुर स्थित उक्त संस्थाले कर्जा अधिकृतमा २, बजार अधिकृतमा २, कर्जा सुपरभाइजरमा २, बजार सुपरभाइजरमा २, बजार प्रतिनिधिमा १० र कार्यालय सहायकमा २ जना कर्मचारीको माग गरेको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायो डाटा र १ प्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले १० दिनभित्र कार्यालय वा ईमेलमा पेश गनुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–५२०३७४८ वा ईमेलः saving.glorious@gmail.com मा मेल गर्न सकिने जनाएको छ ।
वि.सं.२०७६ फागुन १३ मंगलवार १०:१८ मा प्रकाशित






























