back
CTIZAN AD

यस्तो रहेछ, रवीन्द्र सवार हेलिकप्टर दुर्घटना हुनुको कारण

वि.सं.२०७६ फागुन १३ मंगलवार

801 

shares

१३ फागुन, काठमाडौं । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाको कारण खुलेको छ । छानविन आयोगले एक वर्षअघि भएको उक्त दुर्घटना पाइलट अति उत्साहित भएका कारण भएको हुनसक्ने रिपोर्ट पेश गरेको छ ।

आयोगले विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाको पर्याप्त संचालन निगरानीको कमी र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताएको छ ।

‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ। त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ। त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ,’ दूर्घटनाको संभावित प्रमुख कारणबारे प्रतिवेदनमा भनिएको छ ।

सरकारले गतवर्ष यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगले सो प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको हो ।

समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए ।

सो आयोगले दुर्घटना हुनुका ६ कारण बताएको छ । त्यसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि लोड (भार) र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ताले दुर्घटना गराउन सघाउ पुर्याएको बताउको छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १२:५३ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...