back
CTIZAN AD

राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ -अध्यक्ष दाहाल

वि.सं.२०७६ फागुन १६ शुक्रवार

813 

shares

१६ फागुन, चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।

पत्रकारको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उनले गर्छन् । मैले त्यति बुझेको हो ।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, “म अहिले त्यतातिर जानै चाहन्न । मलाई विश्वास छ, उनले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन ।”

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले छ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गरे ।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए । दाहालले भने, “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ ।

त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।” प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उनले मैले ल्याएर केके गरेँ भन्ने तपाईँहरुलाई थाहा नै छ नि भने ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उनले टिप्पणी गरे । रासस

वि.सं.२०७६ फागुन १६ शुक्रवार १२:५५ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...