१८ फागुन, डोल्पा । नयाँ शैक्षिकसत्र सुरु भए पनि कर्णालीका हिमाली जिल्लामा पाठ्यपुस्तक पुगेको छैन ।
पुस्तकबिनै फागुन १ देखि हुम्ला , जुम्ला र डोल्पालगायतका जिल्लामा पठनपाठन सुरु भएको छ । जाडो बिदमा तराई झरेका शिक्षक पनि जिल्ला फर्किएका छैनन् । चिसोका कारण मसिंरमै वार्षिक परीक्षा सकेर बिदा हुने यहाँका स्कुलमा माघ २५ देखि नयाँ भर्ना सुरु हुन्छ । यसपटक नयाँ सत्र सुरु भएको दुई साता बितिसक्दा पनि अधिकांश स्कुल बन्द छन् ।
बिदामा रहेका शिक्षक नफर्किएपछि पठनपाठन अवरुद्ध छ । जनक शिक्षा सामग्री केन्द्रका पुस्तक बिक्रेताले समयमै पुस्तक ढुवानी नगर्दा हुम्ला र डोल्पामा पढाइ प्रभावित भएको हो । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन १८ आइतवार ०८:०४ मा प्रकाशित





























