back

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो -मुख्यमन्त्री पोखरेल

वि.सं.२०७६ फागुन १८ आइतवार

450 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन, राँझा। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन् ।

“ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।” उनले भने ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे । “भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ”, उनले भने, “पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको सङ्ख्या बढ्दै गएको छ ।”

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।”उनले नेपालले विकसित मुलुकहरु बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको बताए ।

सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो । उनीहरुले २२ वर्षपछि पुर्जा पाएको जनाइएको छ । पहिलो चरणमा २८ र दोस्रो चरणमा ११० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् ।रासस

वि.सं.२०७६ फागुन १८ आइतवार ०८:५३ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्...

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा खड्का

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा खड्का

घोराही (दाङ) । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

रुपन्देही । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३...

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

तुलसीपुर (दाङ) । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका...