back
CTIZAN AD

अस्पताल भर्ना हुनु भन्दा अगाडि बढ्यो प्रधानमन्त्रीको व्यस्तता

वि.सं.२०७६ फागुन १९ सोमवार

1.1K 

shares

१९ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज भर्ना हुने भएपछि भेटघाट तथा बैठकहरुमा सक्रियता बढाएका छन् ।

प्रधानमन्त्री बुधबार मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुने भएका छन् ।

विहान सचिवालयको बैठक, दिउँसो राजनीतिक भेटघाटमा व्यस्त हुने स्रोतले जनाएको छ ।

१३ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको उक्त मिर्गौलाले कामगर्न छाडेपछि बुधबार पुन : अर्को मिर्गौला प्रत्यारोपण गरिने भएको हो ।

शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला विभागका प्रा.डा प्रेमराज ज्ञवालीको नेतृत्वमा शल्यक्रिया गरिने बताइएको छ ।

यसभन्दा अघि प्रधानमन्त्री नियमित डाइलासिसमा रहेका थिए । मंसिरमै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्शकले सल्लाह दिएपनि बीचमा ऐपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्या रहेकाले प्रत्यारोपण पछि धकेलिदैं आएको थियो ।

आइतबार बसेको नेकपाको सचिवालय बैैठकपछि मात्र बुधबार नै मिर्गौला प्रत्यारोपण गरिने जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका थिए ।

भारतीय प्रधानमन्त्रीले दिए प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाको शुभकामना

 

यसकारण हतारिए प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि !

प्रधानमन्‍त्री ओलीलाई भोली नै अस्पताल भर्ना गरिने, बुधबार मिर्गौला प्रत्यारोपण

 

वि.सं.२०७६ फागुन १९ सोमवार १२:१९ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...