back
CTIZAN AD

पार्टी सुदृढीकरण अभियान चैतदेखि

वि.सं.२०७६ फागुन १९ सोमवार

702 

shares

१९ फागुन, नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले अगामी चैत १ गतेदेखि तीनमहिने पार्टी एकता सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । आइतबार परासीमा सम्पन्न पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह थप्न र जनतासँग सम्बन्धलाई थप मजबुत बनाउन अभियान सञ्चालन गर्न लागिएको नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारीले जानकारी दिए । “वडा तहसम्मै भेला, बैठक, प्रशिक्षण, सदस्यता अद्यावधिकलगायतका गतिविधि हुनेछन्, यसबाट कार्यकर्तामा उत्साह थपिनेछ्”, उनले भने ।

अभियानमा पार्टी एकता तथा सरकारले गरेका कामलगायत बारेमा पनि तल्लो तहका कार्यकर्तालाई जानकारी गराइने छ । जिल्ला कमिटीले अभियानलाई सफल बनाउन सातवटै स्थानीय तहका कमिटीलाई तत्काल बैठक सञ्चालन गरी आवश्यक तयारी थाल्न निर्देशन दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ५ का सहइन्चार्ज बैजनाथ चौधरीले अभियान सफल बनाउनका लागि सम्पूर्ण पार्टी कार्यकर्तालाई परिचालन गर्न आग्रह गरे । उनले नेकपाको नेतृत्वमा रहेका तीन तहकै सरकारबाट भइरहेका जनहितका कार्यको पनि गाउँगाउँमा व्यापक प्रचार गर्न निर्देशन दिए । नेकपा प्रदेश नं ५ सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले अभियानले पार्टी र सरकारको विषयमा फैलिएका भ्रम चिर्न कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

बैठकले ६९ सदस्यीय जिल्ला सल्लाहकार परिषद् तथा ७३ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । सल्लाहकार परिषद्का संयोजकमा लीला लामिछाने र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकमा भीमराशि चौधरी रहेका छन् ।

वि.सं.२०७६ फागुन १९ सोमवार १४:५७ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...