back

सार्कको महासचिवको कार्यभार विराकुनलाई

वि.सं.२०७६ फागुन २० मंगलवार

483 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव थिए । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरेका थिए ।

लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले भारतका लागि श्रीलङ्काको उच्चायुक्त र नर्वेमा राजदूतका रुपमा सेवा गरिसकेका छन् ।विराकुन सार्कको चौंधौँ महासचिव हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सार्कका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग अनुकूल समयमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सार्क सचिवालयले जनाएको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार १९:१७ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...