back
CTIZAN AD

आवश्यक सावधानी अपनाउन नेता खनालको आग्रह,नेकपाको प्रदेश १ को भेला पनि स्थगन गरियो

वि.सं.२०७६ फागुन २० मंगलवार

783 

shares

२० फागुन, बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ मानव जातिमाथि ठूलो सङ्कटका रुपमा देखापरेकोले साबधानी अपनाउन आग्रह गरेका छन् ।
झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खनालले नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका थिए ।

नेपालका विभिन्न शहरमा कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने सम्भावना रहेको र त्यसवाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगन भएको छ ।

कार्यक्रममा नेता खनालले कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गरे । “स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ”, उनले भने, “हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।”

यसैबीच नेकपा प्रदेश नं १ ले प्रदेशमा कुनै पनि साना–ठूला कार्यक्रम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष देवराज कार्की र सचिव सुरेशकुमार राईले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् । “आज हुने भनिएको प्रदेशस्तरीय भेला प्रशिक्षण स्थगित गरिएको छ”, अध्यक्ष घिमिरेले भने, “कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट आएका कार्यकर्ता त्यसै फर्किनु परेकामा क्षमा चाहन्छौँ ।”

वि.सं.२०७६ फागुन २० मंगलवार २०:२३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...