back

प्रहरी जवानको तलबभत्तामा भ्रष्टाचार गरेको भन्दै पूर्वडिआजी महेशविक्रम शाहविरुद्ध मुद्दा दायर

वि.सं.२०७६ फागुन २० मंगलवार

501 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व डिआइजी महेश विक्रमसहित तीजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका तालिम समादेशक रहेका महेशविक्रम शाह, लेखापाल प्रहरी सहायक निरीक्षण दिपेन्द्रप्रसाद पनेरु र लेखा सहायक केशव सिंह ऐरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुले प्रहरी जवानको २०७२ साल माघ र फागुनको तलबभत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको पाइएको छ । उनीहरुले १०३ प्रहरी जवानको दुई महिनाको तलबभत्ता रु ३१ लाख ८८ हजार ४६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको रु एक लाख ४९ हजार ६१६ गरी कुल रु ३३ लाख ३८ हजार ८४ बराबरको रकम बदनियतसाथ हिनामिना गरी भागबण्डा गरेर लिएको आयोगको अध्ययनबाट खुलेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । आयोगले कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशुङ्केविरुद्ध पनि सोही प्रकरणमा मुद्दा दायर गरेको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार २०:३६ मा प्रकाशित

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...