back
CTIZAN AD

प्रहरी जवानको तलबभत्तामा भ्रष्टाचार गरेको भन्दै पूर्वडिआजी महेशविक्रम शाहविरुद्ध मुद्दा दायर

वि.सं.२०७६ फागुन २० मंगलवार

912 

shares

२० फागुन, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व डिआइजी महेश विक्रमसहित तीजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका तालिम समादेशक रहेका महेशविक्रम शाह, लेखापाल प्रहरी सहायक निरीक्षण दिपेन्द्रप्रसाद पनेरु र लेखा सहायक केशव सिंह ऐरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुले प्रहरी जवानको २०७२ साल माघ र फागुनको तलबभत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको पाइएको छ । उनीहरुले १०३ प्रहरी जवानको दुई महिनाको तलबभत्ता रु ३१ लाख ८८ हजार ४६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको रु एक लाख ४९ हजार ६१६ गरी कुल रु ३३ लाख ३८ हजार ८४ बराबरको रकम बदनियतसाथ हिनामिना गरी भागबण्डा गरेर लिएको आयोगको अध्ययनबाट खुलेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । आयोगले कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशुङ्केविरुद्ध पनि सोही प्रकरणमा मुद्दा दायर गरेको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार २०:३६ मा प्रकाशित

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...