back
CTIZAN AD

डा. रवीन्द्र पाण्डे भन्छन्–यी खानेकुराले बढाउन सकिन्छ कोरोनासँग लड्ने क्षमता

वि.सं.२०७६ फागुन २० मंगलवार

1.4K 

shares

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले यी खानेकुरा खाँदा कोरोनासंग लड्ने क्षमता बढ्ने बताउँछन् ।
चीनको वुहानबाट सुरु भएर संसारका ७५ देशमा फैलिइसकेको कोरोना संक्रमणबाट बच्नका लागि नेपालमा पनि सम्बन्धीत क्षेत्रबाट सचेतना बढाइएको छ ।

यसै विषयमा डा. पाण्डेले कोरोनासँग लड्न सक्ने क्षमता बढाउनका लागि यी खानेकुरामा जोड दिन सुझाव दिएका छन् ।

यस्तो छ डा. पाण्डेको सुझाव

हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफूल, दूध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौ ।

३. घाममा बसौं ।

४. नियमित अनुलोम र विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौ ।

६. बिहान र बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।

७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९. पर्याप्त मात्रामा सुतौं ।

१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२. दिल खोलेर हाँस्ने गरौँ ।

१३. नियमित चिया र कफी(दुध चिनी नहालेको ) सेवन गरौँ ।

१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५ . सरसफाइमा अल्छी नगरौं ।

डा. पाण्डेको फेसबुकबाट लिइएको हो ।

वि.सं.२०७६ फागुन २० मंगलवार २१:११ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...