
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले यी खानेकुरा खाँदा कोरोनासंग लड्ने क्षमता बढ्ने बताउँछन् ।
चीनको वुहानबाट सुरु भएर संसारका ७५ देशमा फैलिइसकेको कोरोना संक्रमणबाट बच्नका लागि नेपालमा पनि सम्बन्धीत क्षेत्रबाट सचेतना बढाइएको छ ।
यसै विषयमा डा. पाण्डेले कोरोनासँग लड्न सक्ने क्षमता बढाउनका लागि यी खानेकुरामा जोड दिन सुझाव दिएका छन् ।
यस्तो छ डा. पाण्डेको सुझाव
हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफूल, दूध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौ ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम र विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौ ।
६. बिहान र बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९. पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२. दिल खोलेर हाँस्ने गरौँ ।
१३. नियमित चिया र कफी(दुध चिनी नहालेको ) सेवन गरौँ ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५ . सरसफाइमा अल्छी नगरौं ।
डा. पाण्डेको फेसबुकबाट लिइएको हो ।
वि.सं.२०७६ फागुन २० मंगलवार २१:११ मा प्रकाशित