back
CTIZAN AD

निर्वाचनमार्फत निकास निकाल्न एमालेको जोड

वि.सं.२०७३ मंसिर ३० बिहीवार

918 

shares

३० मङ्सिर,काठमाडौँ । नेकपा (एमाले)ले निर्वाचनमार्फत राजनीतिक निकास निकाल्न आफ्नो दल सधैँ तत्पर रहेको जनाएको छ ।

पार्टीको स्थायी कमिटीको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दिएको छ ।

बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

बैठकले संविधान संशोधनसम्बन्धी विधेयक विरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – ‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।” रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार ११:१६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...