back

तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदीले गर्यो अर्थमन्त्री नै बर्खास्त

वि.सं.२०७६ फागुन २३ शुक्रवार

432 

shares
GLOBAL IME AD
NTC AD

२३ फागुन, रियाद । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन् ।

साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको जनाएको छ ।

टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ । दश दिन पहिले साउदी राजाले तीन वटा नयाँ मन्त्रालयहरु पर्यटन, खेलकुद र लगानी सिर्जना गरेका थिए ।

गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व ऊर्जा मन्त्री खालिद अल–फालिहलाई लगानी मन्त्रीका रुपमा पुनर्नियुक्ती गरिएको थियो । गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो ।

विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकाँक्षी भिजन २०३० सुधार कार्यक्रममा लगानी गर्न सङ्घर्षरत छ । तर नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ । एएफपी

वि.सं.२०७६ फागुन २३ शुक्रवार २२:०४ मा प्रकाशित

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

रियाद । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना...

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...