back
CTIZAN AD

तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदीले गर्यो अर्थमन्त्री नै बर्खास्त

वि.सं.२०७६ फागुन २३ शुक्रवार

768 

shares

२३ फागुन, रियाद । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन् ।

साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको जनाएको छ ।

टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ । दश दिन पहिले साउदी राजाले तीन वटा नयाँ मन्त्रालयहरु पर्यटन, खेलकुद र लगानी सिर्जना गरेका थिए ।

गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व ऊर्जा मन्त्री खालिद अल–फालिहलाई लगानी मन्त्रीका रुपमा पुनर्नियुक्ती गरिएको थियो । गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो ।

विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकाँक्षी भिजन २०३० सुधार कार्यक्रममा लगानी गर्न सङ्घर्षरत छ । तर नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ । एएफपी

वि.सं.२०७६ फागुन २३ शुक्रवार २२:०४ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...