back
CTIZAN AD

‘आइरन लेडी’ रेगिना हङकङको नेतृत्वमा आउने

वि.सं.२०७३ पुस १ शुक्रवार

903 

shares

hongkong-iron-ledy१ पुस, हङकङ । हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोटका साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रेगिनाले हङकङ सुरक्षा उपप्रमुखबाट यहाँको प्रजातन्त्र पक्षधर समूहले गरेको जनआन्दोलनपछि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

हङकङका कट्टरपन्थी नेता लिउङ चुन यिङले गत हप्ता सहरको प्रमुख कार्यकारीका लागि निर्वाचन नलड्ने बताएपछि रिक्त उक्त पदमा न्यु पिपुल्स पार्टीका तर्फबाट उहाँले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।

लिउङले हङकङमा बेइजिङविरोधी प्रदर्शन लगायतका राजनीतिक सङ्कटका समय यहाँको नेतृत्व सम्हाल्नुभएको थियो । लिउङको विकल्पमा हङकङका अर्थमन्त्री जोन साङलाई अगाडि सारिए पनि रेगिनाले ‘हङकङको पुनः विजय’ अभियानको घोषणा गर्दै नेतृत्वका लागि दाबी पेस गर्नुभएको हो ।

रेगिना बेइजिङको कठपुतली बन्ने चेतावनी यहाँका प्रतिपक्षी दलले दिएको छ । उहाँलाई प्रतिपक्षीले लिउङजस्तै बेइजिङप्रति वफादार हङकङको प्रजातान्त्रिक आन्दोलनप्रति पूर्वाग्रही व्यक्ति रहेको बताएको छ ।

हार्वरफ्रन्ट कन्भेन्सन सेन्टरमा उम्मेदवारीको घोषणा सभामा पिपुल्स पार्टीका उपप्रमुख लुइस सिंहले रेगिना हङकङको विकासका लागि आवश्यक ‘आइरन लेडी’ भएको बताउनुभयो ।

रेगिनाले राष्ट्रिय सम्प्रभूता, प्रादेशिक अखण्डताका लागि हङकङको संविधानको परिधिमा रहेर गैर संस्थापन पक्षधर समूहलाई समेत लिएर अघि बढ्ने बताउनुभएको छ । एएफपी

वि.सं.२०७३ पुस १ शुक्रवार ०३:५७ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...