back
CTIZAN AD

अमेरिकी दूतावास र नेपाल सरकार

वि.सं.२०७६ फागुन २९ बिहीवार

690 

shares

म अमेरिकी नागरिक पनि हूँ तर मन सँधै नेपाली नै छ । अमेरिकी नागरिक र नेपाली मन भएका हैसियतले चित्त नबुझेको कुरा लेख्ने जमर्को गरेको हूँ । नेपाल नेतृत्वहीन देश हो भन्दा मलाई पनि दुःख लाग्छ तर यथार्थ हो यो मेरो भनाई ।

उतिखेर आसामको विश्वविद्यालयमा पढ्दा मेरो एउटा असमीया साथीले ‘नेपाल तस्करहरू, लुटेराहरू गएर बस्ने देश हो ।’ भन्दा मलाई नमीठो संवेदनाको महसुस भएको थियो तर आज मलाई आज त्यो साथीले सत्यकुराको उद्घाटन गरेको रहेछ भन्ने कुरा महसुस भईरहेको छ ।

नेपाल एउटा सुन्दर देश भएता पनि असल नेतृत्वको कमीले गर्दा काकाकूलको जीवन बाँचिरहेको स्थिति विद्यमान छ । हरेक दिन नेपालीहरू विदेशिन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन् र विभिन्न देशका दुतावासहरूमा आफ्नो निवेदन दर्ता गराउँछन् । तर, दुर्भाग्यवश नेपालीहरूले अमेरिकाको प्रवेशाज्ञा (VISA) सहजै पाउँदैनन किनभने दरिद्र देशका नेपाल नागरिकहरू निरीह छन् । नेपालीहरूका पक्षमा नेपाल सरकारनै बोल्ने क्षमता राख्दैन ।

हरेक दिन अमेरिकी दुतावासले नेपाली नागरिकहरूबाट ठूलो रकम असुल्ने गर्छ र आफ्नो पंजामा लिने गर्छ तर भिजा दिंदैन ।
किन भिजा दिएन भन्ने कुराको कुनै कारण नखुलाई एउटा कागजएउटै किसिमको व्यहोरा भएको, सबैलाई थमाईदिने गर्छ । भिसा दिने अथवा नदिने उसको तजबीजको कुरा हो तर कारण खुलाएर कागज दिए आवेदकलाई ढुक्क हुने थियो तर यथार्थमा त्यसो हुँदैन । अतएव, झिनो आशा बोकेर त्यही आवेदकले दोश्रो अथवा तेश्रो पटक आवेदन दिन्छ तर अधिकाँशलाई हात लाग्छ शून्य । तसर्थ, यो अमेरिकाको ‘दादागिरी’ हो । यसको शीघ्रातिशीघ्र अन्त्य हुनु पर्छ ।

आवेदकले बुझ्न पाउनु पर्छ कि उसको निवेदन किन अस्वीकृत भयो । ‘हाम्रो अध्यागमन नीतिले (our immigration policy denies you) यहाँलाई प्रवेशाज्ञा ( VISA ) दिएन भनेर उम्किन पाउनु हुन्न अमेरिकी दुतावासले । हामी हरेक देशको अध्यागमन नीतिको सम्मान गर्छौँ तर कानुनसम्मत र व्यवहारिक हुनु आवश्यक छ ।

लाछी नेपाल सरकार

नेपाल सरकार लाछीहरूको संगठन हो भन्दा अत्युक्ति नहोला । नेपालका कुनै पनि सरकारहरू जनता प्रति कहिल्यै संवेदनशील भएनन । जो जहिले जसरी पनि नेपाल आएर नेपाल र नेपाली जनतालाई चुसे पनि यो लाछी सरकारलाई आपत्ति छैन ।
यो विषयप्रति अमेरिकी दूतावास, नेपाल सरकार र निर्दोष नेपाली जनताको ध्यानाकर्षण गराउन चाहन्छु । यो अत्यन्त संवेदनशील विषय पनि हो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १०:०४ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...