back
CTIZAN AD

१२७ देशमा फैलिएको कोरानाले छोडेन यी भीआईपीलाई

वि.सं.२०७६ फागुन ३० शुक्रवार

885 

shares

काठमाडौं, ३० फागुन । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ देशमा पुगेको छ । भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् ।

के धनी के गरिव, के साना के ठूला कोरोनाको संक्रमण जो कोहिलाई पनि हुन सक्छ । इरानका उपराष्ट्रपति, अस्ट्रेलियाका गृहमन्त्री र बेलायतका स्वास्थ्यमन्त्रीसमेत कोरोना भाईरसको संक्रमणसँग लडिरहेका छन् । यो लेखमा कोरोना भाइरसको संक्रमण देखिएका विश्वभरका केही भीआईपीको चर्चा गर्न लागिएको छ ।

अस्ट्रेलियाका गृहमन्त्री डुट्टनलाई कोरोना संक्रमण


अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टनलाई कोरोना भाइरसको संक्रमण भएको छ। डुट्टन आफैले सामाजिक सन्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका हुन् । ‘बिहान म उठ्दा ज्वरो आइरहेको थियो अनि घाँटी पनि दुखिरहेको थियो। तत्कालै जाँच गर्दा कोरोना संक्रमण भएको भेटियो’, डुट्टनले भनेका छन्। उनले आफु अहिले ठीक रहेको र अस्पताल भर्ना भएको बताएका छन् । डुट्टनले गत साता अमेरिकाको वासिङ्टनमा आफुले अमेरिका, बेलायत, क्यानडा र न्युजिल्यान्डका अधिकारीसँग भेटेको बताएका थिए ।

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण


बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्‍नी सोफीलाई कोरोना संक्रमण


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार राति क्यानडेली प्रधानमन्त्रीको कार्यालयले सोफीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको हो । सोफीको स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको पनि क्यानडेली सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिन आइसोलेसनमा बस्ने भएका छन् । कुनै लक्षण नदेखिएकाले उनले भने कोभिड–१९ को परीक्षण गर्नु नपर्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ट्रुडोले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दैछन् । बिहीबार बेलायतबाट फर्केपछि सोफीलाई ज्वरो आउन थालेको थियो । क्यानडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १३२ जनामा संक्रमण देखिएको छ ।

इरानका उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण


इरानका उपराष्ट्रपति मासुमेह एब्तेकारमा कोरोना संक्रमण भएको पाइएको छ । यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । राष्ट्रपति रुहानीले भाइरसमाथि नियन्त्रण पाउन अझै दुई–तीन हप्ता लाग्न सक्ने बताएका छन् ।

इटालीका सेनापतीमा संक्रमण
इटालीका सेनापतीमा पनि संक्रमण देखिएको छ । साल्भातोर फरिनाले आफूलाई ‘सेल्फ आइसोलेशन’ मा राखेको बताए । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् ।

चर्चित अभिनेता टम ह्यान्स र उनकी श्रीमती पनि संक्रमित


विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोनाभाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ । उनीहरु केहीदिनदेखि बिरामी रहेको र जाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ । ६३ वर्षको यो जोडीको अष्ट्रेलियामा जाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त्यहाँ फिल्मको काम गरिरहेका थिए । काम गर्दा गर्दा ज्वरो आएपछि जाँच गरिएको थियो ।

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा


कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।उनले फुटवल खेलिरहेको इटालियन क्लव युभेन्टसका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डो घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेका हुन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् । चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ । चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने विहीबार एक जनाको मात्र मृत्यु भएको छ ।

संक्रमित चिनियाँ नागरिक स्वास्थ्यलाभ लिएर फर्कनेक्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।

कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ४ सय २९ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १५:४२ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...