back
CTIZAN AD

कृषि क्षेत्रमा लगानी बढाउँछौँ – मुख्यमन्त्री भट्ट

वि.सं.२०७६ फागुन ३० शुक्रवार

960 

shares

३० फागुन, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रमा लगानी बढाएर यहाँका किसानलाई धनी बनाउने बताएका छन् । प्रदेशभरिमै कृषि तथा औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर गरिब जनतालाई धनी बनाउने बताए ।

क्षेत्रीय कृषि सेवा निर्देशनालय दिपायल राजपुरले आज आयोजना गरेको मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले प्रदेशमा ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी नागरिकलाई प्रत्यक्षरूपमा रोजगारी दिने उद्देश्यले प्रदेश सरकार अगाडि बढिरहेको बताए । उनले भने,, “प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।”

त्यस्तै कृषिक्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउँदै मुख्यमन्त्री भट्टले बेरोजगारी तथा कामका लागि भारत जाने समस्या समाधान गर्न कृषि तथा औद्योगिक क्षेत्रको विकास हुनु जरुरी भएको बताए । स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा साना जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाइ थियो ।

त्यस्तै सरकारले कृषि क्षेत्रमा लगानी बढाउन थालेकाले जिल्लामा रहेका खाली जमिनको पनि किसानले सदुपयोग गरी उत्पादन बढाउनुपर्ने धारणा राखे । डोटीमा पनि मुख्यमन्त्री कृषि तथा पशुपक्षी कार्यक्रमको शुरुआत भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए । उक्त कार्यक्रमअन्तर्गत यहाँका किसानलाई कृषिकार्य तथा पशुपक्षीपालनका लागि ऋण सहयोग मिल्ने भएको छ भने किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि पनि सरकारले सहयोग गर्ने लक्ष्य लिइएको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:२९ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...