back

कृषि क्षेत्रमा लगानी बढाउँछौँ – मुख्यमन्त्री भट्ट

वि.सं.२०७६ फागुन ३० शुक्रवार

567 

shares
GLOBAL IME AD
NTC AD

३० फागुन, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रमा लगानी बढाएर यहाँका किसानलाई धनी बनाउने बताएका छन् । प्रदेशभरिमै कृषि तथा औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर गरिब जनतालाई धनी बनाउने बताए ।

क्षेत्रीय कृषि सेवा निर्देशनालय दिपायल राजपुरले आज आयोजना गरेको मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले प्रदेशमा ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी नागरिकलाई प्रत्यक्षरूपमा रोजगारी दिने उद्देश्यले प्रदेश सरकार अगाडि बढिरहेको बताए । उनले भने,, “प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।”

त्यस्तै कृषिक्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउँदै मुख्यमन्त्री भट्टले बेरोजगारी तथा कामका लागि भारत जाने समस्या समाधान गर्न कृषि तथा औद्योगिक क्षेत्रको विकास हुनु जरुरी भएको बताए । स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा साना जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाइ थियो ।

त्यस्तै सरकारले कृषि क्षेत्रमा लगानी बढाउन थालेकाले जिल्लामा रहेका खाली जमिनको पनि किसानले सदुपयोग गरी उत्पादन बढाउनुपर्ने धारणा राखे । डोटीमा पनि मुख्यमन्त्री कृषि तथा पशुपक्षी कार्यक्रमको शुरुआत भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए । उक्त कार्यक्रमअन्तर्गत यहाँका किसानलाई कृषिकार्य तथा पशुपक्षीपालनका लागि ऋण सहयोग मिल्ने भएको छ भने किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि पनि सरकारले सहयोग गर्ने लक्ष्य लिइएको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:२९ मा प्रकाशित

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा...

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

कञ्चनपुर । बेलडाँडी गाउँपालिका-३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते...

घट्यो गहुँ उत्पादन

घट्यो गहुँ उत्पादन

अत्तरिया (कैलाली) । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई...

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

दिपायल (डोटी) । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज...