back
CTIZAN AD

मदिरा सेवनबाट मृत्युभएका परिवारलाई किरिया खर्च

वि.सं.२०७६ चैत ३ सोमवार

942 

shares

३ चैत, धनुषा । धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले क्रिया खर्च उपलब्ध गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएका १४ जनाको घर परिवारलाई किरिया खर्चबापत रकम सहयोग गरेका हुन् । पूर्वमन्त्री महासेठले मृतकहरुको घरमै पुगेर आफ्नो व्यक्तिगततर्फबाट मृतकको परिवारलाई किरिया खर्चस्वरुप जनही रु २० हजारका दरले पीडित परिवारजनलाई हस्तान्तरण गरेका हुन् ।

किरिया खर्च उपलब्ध गराउँदै पूर्वमन्त्री महासेठले एउटै गाउँ टोलमा यति ठूलो सङ्ख्यामा मानवीय क्षति हुनु अत्यन्तै दुःखद् घटना भएको बताए । उनले यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै अब उपरान्त गाउँका अन्य व्यक्तिलाई मदिरा सेवन नगर्न र अवैध मदिरा उत्पादक एवं भट्टीमाथि कडा निगरानी गर्न स्थानीयसँग आग्रह गरे । उनले मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँगसमेत आग्रह गर्ने बताए ।

होलीमा घरेलु मदिरा सेवन गरेर मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै उनले मदिरा सेवन गरेका अन्य व्यक्तिहरुलाई समेत आफैँले अस्पतालमा गएर जाँच गराउन आग्रह गरे । (रासस)

वि.सं.२०७६ चैत ३ सोमवार ०८:०५ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...