back
CTIZAN AD

ईयू नेताहरूले पनि कोरोनाबारे भिडियो सम्मेलनमार्फत छलफल गर्दै

वि.सं.२०७६ चैत ४ मंगलवार

990 

shares

४ चैत, ब्रसेल्स (रासस/एएफपी) : कोरोना भाइरस सङ्क्रमण थप फैलिनबाट रोक्ने र सङ्क्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ आज युरोपेली युनियनका नेताहरूबीच भिडियो कन्फरेन्स (सम्मेलन) हुने भएको छ ।

“भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस सङ्क्रमण र औषधिबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने सम्भावित नतिजालाई सीमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्नेछ,” युरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले ट्वीटमार्फत जानकारी गराएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका नेताहरूबीच यस्तै सम्मेलन आइतबार भएको थियो भने सोमबार क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका (जी–७ राष्ट्र) का उच्च तहका नेताहरूबीच भिडियो सम्मेलनमार्फत कोरोना नियन्त्रणबारे छलफल हुने कार्यक्रम छ । परिषद्का प्रमुख मिसेलले सम्मेलनको आह्वान गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले अहिले युरोपलाई कोरोना भाइरसको सङ्क्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप शसक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ । शुरूमा चीनबाट पत्ता लागेको कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गएको सन्दर्भमा विभिन्न मुलुक तथा क्षेत्रले एकतर्फीरूपमा आफ्ना सीमाबाट आवागमनलाई बन्द गर्ने तथा सिमानामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका कडा उपायहरू अवलम्बन गरेको अवस्थामा ईयू प्रमुखहरूले पनि ईयूको साझा धारणा बनाउने उद्देश्यका साथ छलफलका लागि सम्मेलनको आयोजना गर्न लागेको हो ।

यसैबीच युरो क्षेत्रमा एकल मुद्रा प्रयोगकर्ता मुलुकहरूको समूहका अर्थमन्त्रीहरूले पनि कोरोना भाइरस सङ्क्रमणका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई कसरी कम गर्ने भन्ने विषयमा छलफल पनि सोमबार भिडियो सम्मेलनमार्फत गर्ने बताएइएको छ । उनीहरूले सङ्क्रमणका कारण पर्ने आर्थिक भारलाई कम गर्न वित्तीय प्याकेज बनाएर अघि बढ्ने विषयमा छलफल गर्ने बताएका छन् ।

 

वि.सं.२०७६ चैत ४ मंगलवार ०८:२२ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...