
५ चैत, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली र इंल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इंल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार अर्को मिति तय नभएसम्मका लागी खेल स्थगित गरीएको हो ।
मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो ।
गत माघमा एन्फा र इंल्याण्डको फुटबल एशोसिएशन (एफए) सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार १४:१४ मा प्रकाशित