back
CTIZAN AD

कोरोनाका कारण साइप्रसमा नेपाली विद्यार्थीलाई सास्ती

वि.सं.२०७६ चैत ५ बुधवार

834 

shares

साईप्रस भूमध्य सागरमा अवस्थित एक टापु मुलुक हो । पूर्वी युरोपमा पर्ने यो मुलुक भूमध्य सागरको तेस्रो सबैभन्दा ठूलो टापु हो । जसमध्ये नेपाली मूलका १२ हजार जति मानिसहरू छन् । उक्त जनसंख्यामध्ये ८ हजारजति कामदार भिसा र ४ हजारको हाराहारीमा विद्यार्थी भिसामा आएका मानिसहरू छौं ।

एकवर्ष अघि साइप्रस आएका गोरखा विशाल गुरुङ यतिखेर घर न घाटको झैं भएका छन् । डेलिभरीको काम बल्लतल्ल पाएका उनी अहिले कोरोना भाइरस कोभिड–१९ को प्रकोप बढेसँगै समस्यामा परेका हुन् । यस्तै कहिलेकाहिँ पेन्टिङको काम गर्दै आएका नरेन्द्र पनि चिन्तामा छन् । कोरोनाको प्रकोप बढेसँगै उनी खाना खाने, घरभाडा र कलेजको शुल्क तिर्ने पैसा कसरी जुटाउने भनेर चिन्तित भएका छन् । साइप्रसमा ठण्डीयाममा त्यति काम पाउदैन । गर्मी चढेसँगै पर्यटक बढ्लान् र काम पाइएला कि भन्ने आशमा रहेका आप्रवासी नेपालीलाई कोरोना अभिषाप भनेको छ । साइप्रस पर्यटकीय मुलुक भएकाले होटेल र रेस्टुरेन्टको देशको अर्थतन्त्रमा ठूलो योगदान छ । तर कोभिड १९ को प्रभावले गर्दा गर्मी लागे पनि यी क्षेत्र खुल्न नसक्दा दर्जनौं नेपाली कामविहीन भएका छन् । ‘अब काम हुन्न भनेर साहुले बिदा दियो । होटेल रेस्टुरेन्टमा काम खोजौं टुरिस्ट नआएर चलेका छैनन् । पैसा कमाउन आएको उल्टो घरबाटै पैसा मगाएर खानुपर्ने भयो ।’ एक पीडितले गुनासो गरे ।

उनी जस्ता हजारौं नेपाली विद्यार्थीको जीवन दिन प्रतिदिन कष्टकर बन्दैगएको छ साइप्रसमा । ‘गर्मीयाम आउदै छ म जस्ता हजारौं विद्यार्थीको अवस्था चिन्ताजनक रहेको छ र भोलि के खाने कसरी भाडा तिर्ने भन्ने अज्ञात भयले भित्रि पिरोलिएको छ ।’ ती विद्यार्थी गुनासो गर्छन् ।  त्यसो त कोरोनाको मार साइप्रस मात्रै होइन युरोपभरिकै नेपालीलाई परेको छ । यही अवस्था अझै केही सातासम्म चलेमा फ्रान्स, इटाली, पोर्चुगल, जर्मनी, अष्ट्रिया, स्विजरल्याण्डलगायतका दर्जनौं देशमा नेपालीहरूको अवस्था कठिन हुने देखिन्छ ।

कोरोनाको असरबाट नेपाली विद्यार्थी अझ धेरै समस्यामा परेका छन् साइप्रसमा । साइप्रसमा हाल लगभग चार हजार नेपाली विद्यार्थी विभिन्न कलेजमा अध्ययनरत छन् । ती बिद्यार्थीले सेमेस्टरपिक्षे ७० युरो कलेजलाई रजिस्ट्रेसन शुल्क बुझाउनुपर्छ भने कसैको भिसा नवीकरणको लागि पैसा तिर्नुपर्ने हुन्छ किनभने धेरैजसो विद्यार्थी गर्मीमा काम पाइन्छ भनेर कलेज को शुल्क बुझाउँछन् । सानो कोठा भाडामा लिए पनि महिनाको कम्तीमा पनि एक सय युरो माथि तिर्नुपर्छ । अधिकांश विद्यार्थीले विभिन्न होटेल, रेस्टुरेन्ट,बारमा काम गर्छन् । विद्यार्थीहरूलाई दिनको दुई घण्टा मात्रै पार्टटाइम काम गर्ने अनुमति हुन्छ । तर दैनिक खर्च र कलेजको शुल्क तिर्न तिनले रोजगारदातासँगको सहमतिमा पूर्णकालीन कामदारका रूपमा काम गर्छन् । साइप्रस सरकारले प्राय स्कुल, कलेज, सपिङ्ग मल, पसलहरू सिनेमाहल, थिएटर, लाईब्रेरी, क्यासिनो तथा बेटिङ सेन्टर (बाजी लगाउने ठाउँ), पुरातात्विक स्थानहरू, डिपार्टमेन्ट स्टोर, थिम पार्क सङ्ग्रहालयहरू, क्याफे तथा कफी सफ, होटेल र रेस्टुरेन्टर बारहरू अनिश्चितकालका लागि बन्द गरिदिएपछि तिनमा काम गर्ने कामदारहरूको अवस्था नाजुक देखिएको छ ।

खड्का भन्छन्, ‘होटेल रेस्टुरेन्ट नै बन्द भएपछि अब कलेजको शुल्क कसरी तिर्ने भन्ने भएको छ । व्यवसाय नै बन्द भएपछि साहुले पनि पैसा दिने कुरो हुन्न । धेरै समय बन्द भयो भने त हामीले कोठा भाडासमेत तिर्न सक्ने अवस्था छैन । हामी जस्ता हजारौं विद्यार्थीको त बिजोगै हुनेवाला छ । उसै त दयनीय अवस्थामा रहेका नेपाली विद्यार्थीहरू अब झन् बिजोगै हुन सक्छन् ।’

गैर आवासीय नेपाली संघ एनआरएनए साइप्रसका सचिव पुरन थापा जापानी परिकार सुशीका राम्रा कुकरसेफ हुन । तर कोरोनाको प्रभावले रेस्टुरेन्ट सुनसान भएपछि यतिखेर बन्द कोठामा छन् उनी पनि । मासिक राम्रै कमाउने उनी अब के हुन्छ भन्ने चिन्तामा छन् । कोभिड–१९ को प्रभावले ग्राहकहरू स्वात्तै घटेपछि सो रेस्टुरेन्ट बन्द भएको छ र कोरोनाको त्रासपछि मान्छे छिर्नै छोडेका छन् ।
‘व्यापार नभएपछि के रित्तो होटल कुर्ने भनेर मेरो साहुले र यताको सरकारले बन्द गरेको छ । यस्तो अवस्थामा धेरै नेपाली पर्न सक्छन् ।’ उनले भने । होटल बन्द भए पछि साहुले पैसा दिन्छ कि दिँदैन भन्ने प्रश्नमा उनेले भने–“सरकारी कानुनअनुसार रीत र्पुयाएर काम गरेकाहरूलाई पनि सरकारले दिने घोषित तलबको ६० प्रतिशतमात्रै हो । ६० प्रतिशतका दरले मासिक करिब चारसय युरो आउला । त्यति तलबले त परिवार धान्नै पुग्दैन ।’ रोजगारदाता इमान्दार परे उसले आफ्नो कर्मचारीलाई दिन्छ । इमानदार नपरे रोजगारदाताले नै खाइदिन्छ । ‘सबै साहु इमानदार हुँदैनन् । साहु राम्रो परे त देला । नदिए मुद्दामामिला गरेर असुल्न नेपालीले कानुन जान्दैनन् । ग्रीक भाषा जान्दैनन ।’ थापा भन्छन् ।

साइप्रसमा कोरोना भाइरसको प्रकोप बढेसँगै अवैतनिक नेपाली बाणिज्य दूतावास साइप्रसले यसलाई कसरी हेरेको छ र कसरी लिएको छ भन्ने हाम्रो चासो हो । किनभने हामी १२ हजार भन्दा बढी नेपालीहरू साइप्रसमा बसोबास गर्छौ र यहाँ रहेका संघसंस्था यसबारे कत्तिको जानकार छन त यो भने हामीसबैको चिन्ताको विषय हो । यसरी नै यो महामारी लामो समय नियन्त्रण भएन भने हाम्रो नेपाली समुदायले गम्भीर आर्थिक र सामाजिक संकटको सामना गर्नुपर्ने देखिन्छ ।

हामी सामाजिक अगुवाहरू, एनआरएनए लगायत नेपाल र नेपालीको लागि खोलिएका बिभिन्न संघसंस्थाहरूले आउन सक्ने जटिल संकटको बेला एकताबद्ध भएर कसरी सामना गर्ने भन्ने बहस छलफल गर्नु आबस्यक देखिन्छ ।

चीनमा कम हुँदै गएको कोभिड १९ को प्रकोप युरोप र अमेरिकाभने बढ्दै गएको छ । आइतबार मात्रै इटालीमा ३६८ जनाको मृत्यु भएको छ । सोमबार दिउँसोसम्म इटालीमा एक हजार ८ सय २०, स्विजरल्यान्डमा १४ र जर्मनीमा १३ जनाको र साइप्रस ३३ जनालाई सो रोग देखिएको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार १४:१६ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...