back
CTIZAN AD

एनआरएनए म्याड्रिडका अध्यक्ष गोलेले सर्तक रहन भन्दै गरे यस्तो अनुरोध

वि.सं.२०७६ चैत ५ बुधवार

915 

shares

५ चैत, स्पेन । गैरआवासीय नेपाली संघ स्पेनको क्षत्रिय समन्वय परिषद् म्याड्रिडले कोरोना भाइरसबाट सर्तक रहन भन्दै म्याड्रिडमा अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना संक्रमण नभएको बताएको छ ।

एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोलेले एक जरुरी सूचना जारी गर्दै अन्य प्रान्तमा भन्दा म्याड्रिडमा भाइरस संक्रमितको संख्या धेरै रहेको बताउँदै आफूहरुले गरेको अध्ययन तथा जानकारी अनुसार हालसम्म कुनै पनि नेपालीमा संक्रमण नभेटिएको जानकारी समेत दिएका छन् ।
उनले स्पेनमा तिब्रगतिमा कोरोना भाइरस फैलिएको बताउँदै स्पेन सरकारले भाइरस नियन्त्रणका लागि र मुलुकभरका बासिन्दाको स्वास्थ्यलाई मध्येजनर गर्दै आपतकालको घोषणा गर्दै यस्तो अवस्थामा भ्रमण तथा सार्वजनिक भेलामा समेत प्रतिबन्ध लगाइसकेको अवस्थामा भेला, मेला तथा जमघटबाट टाढा रहन अनुरोध समेत गरेका छन् ।

‘वर्तमान अवस्थामा कोरोना भाईरसको संक्रमण स्पेनमा बढ्दै गईरहेकोले यहाँ बस्नुहुने नेपाली समुदायहरु सार्वजनिक स्थानमा हुने विभिन्न सम्मेलन,भेला ,मेला तथा जमघटबाट टाढा रहनुहुन र सकेसम्म सार्वजनिक यातायतको (बस÷मेट्रो) कम प्रयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । अध्यक्ष गोलेले भनेका छन्, ‘व्यक्तिगत सरसफाई र परिवारीक स्वास्थ्यमा ध्यान दिनुहुनुहोला । यस आपतकालिन अवस्थामा स्पेनभरका बार÷रेष्टुरेन्ट, फिल्महल, क्लब आदि बन्द रहेता पनि अति आवश्यक खाना, औषधि र ग्यासोलिनेराहरु भने बन्द हुने छैनन् ।’
कोराना भाईरसबारे नियमित सूचना लिईरहनको लागि स्पेनको स्वास्थ्य मन्त्रालयको वेवसाईट www.mscbs.gob.es लिन सकिने तथा नेपालको बारेमा www.mohp.gov.np/en  बाट लिन सकिने पनि अध्यक्ष गोलेले जानकारी दिएक छन् ।

विस्तृत जानकारीका लागि स्पेन सरकारद्वारा २४ घण्टे नि:शूल्क नम्बर :900102112 / 112 (Summa Coordination)मा कल गर्न सक्नुहुनेछ ।

म्याड्रिडवासि नेपाली समुदायहरुले कुनै किसिमको जानकारी र सहयोग चाहिएको खण्डमा निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

1-सुजिल गोले : 631669682
2-बसन्त कुमार पार्धे : 653982464
3-सागर श्रेष्ठ (भोटे) : 631391040
4-सनिसा गुरुङ्ग :632526417
5-प्रचण्ड गुरुङ्ग : 612453361
6-पञ्चमान महर्जन् 631 886 858.

गैरआवासिय नेपाली संघ, म्याड्रिड,स्पेन

 

एनआरएनए स्पेनले भन्यो ‘आपतकालिन समयमा सहयोगको लागि तयार छौं’

 

वि.सं.२०७६ चैत ५ बुधवार १४:४९ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...