back
CTIZAN AD

यी हुन् कोरोना संक्रमण रोकथामका लागि जर्मनीले गरेका महत्वपूर्ण निर्णय

वि.सं.२०७६ चैत ५ बुधवार

930 

shares

५ चैत, काठमाण्डौं । कोरोनाभाइरसको संक्रमण युरोपमा अप्रत्यासित रुपमा फैलिएपछी केहि युरोपेली मुलुकका सरकारहरु अत्यन्त जिम्मेवारपूर्ण तवरले प्रस्तुत भएका छन् । केन्द्रिय जर्मन सरकारले संक्रमण फैलिएपछी गरेका केहि महत्वपूर्ण निर्णयहरु ।

-जर्मनीमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या ९००० नाघेको छ । अहिलेसम्म यस महामारीबाट यहाँ २४ जनाले ज्यान गुमाएका छन् ।

-फ्रान्स, स्विटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क लक्जेम्बर्ग संगका सिमाना बन्द गरिएका छन् । जर्मन नागरिक र यहाँको निवास अनुमति भएका बिदेशीहरुका हकमा प्रवेश निषेध गरिएको छैन । जर्मन नेशनल फ्ल्याग क्यरियर लुफ्थान्साले अप्रिल २४ सम्म आफ्ना २३ हजार फ्लाइट क्यान्सिल गरेको छ ।

-कम्पनीहरुलाई कोरोना भाइरसबाट पर्न गएको आर्थिक असरको सामना गर्न ५५० अरब युरोको आर्थिक सहायता प्याकेज घोषणा गरिएको छ । दोश्रो बिश्व युद्धपछीको यो सबैभन्दा ठुलो सहयोग रकम हो । यो ऋण सहयोग यहाँको सरकारी बैंक के.एफ.डब्लु मार्फत उपलब्ध गराइने छ । जर्मनीका अर्थ र उर्जा मन्त्री पिटर अल्टमाएरले यो प्याकेज सुरुआती रकम मात्रै भएको र आवस्यक परेमा थप ऋण रकम उपलब्ध गराउन सकिने बताएका छन् ।

-राजधानी बर्लिन लगायत केहि शहरमा निश्चित संख्या भन्दा बढी मानिस जम्मा हुन निषेध गरिएको छ ! नाइट क्लब, क्यासिनो, चर्च, सिनेमाहल, स्कुल, कलेज आदि बन्द भएका छन् । घुमफिर र अन्तरिक आवत-जावत अहिलेसम्म निषेध गरिएको छैन । मानिसहरुलाई सम्भव भएसम्म सेल्फ क्वारेनटाईनमा बस्न सुझाव दिईएको छ ।

-कोरोनाभाइरस बिरामीहरूको उपचारकालागि जर्मन सेनाको सहयोगमा १ हजार शैथ्याको बिशेष अस्पताल निर्माण गरिने भएको छ ।
विदेशमा फसेंका जर्मन नागरिकहरुलाई देश फर्काउने योजनाका लागि सरकारले ५० मिलियन युरो बिनियोजन गरेको छ ।

-जर्मनी संघिय राज्यब्यबस्था भएको देश हो । कतिपय संघिय सरकारहरुले यस महामारीको प्रकोपबाट बच्न आ आफ्नो राज्यमा थप सुरक्षा उपायहरु पनि अवलम्बन गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का संरक्षक जीवा लामिछानेको फेसबुक वालबाट लिइएको ।

वि.सं.२०७६ चैत ५ बुधवार १६:०० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...