back

यी हुन् कोरोना संक्रमण रोकथामका लागि जर्मनीले गरेका महत्वपूर्ण निर्णय

वि.सं.२०७६ चैत ५ बुधवार

549 

shares
GLOBAL IME AD
NTC AD

५ चैत, काठमाण्डौं । कोरोनाभाइरसको संक्रमण युरोपमा अप्रत्यासित रुपमा फैलिएपछी केहि युरोपेली मुलुकका सरकारहरु अत्यन्त जिम्मेवारपूर्ण तवरले प्रस्तुत भएका छन् । केन्द्रिय जर्मन सरकारले संक्रमण फैलिएपछी गरेका केहि महत्वपूर्ण निर्णयहरु ।

-जर्मनीमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या ९००० नाघेको छ । अहिलेसम्म यस महामारीबाट यहाँ २४ जनाले ज्यान गुमाएका छन् ।

-फ्रान्स, स्विटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क लक्जेम्बर्ग संगका सिमाना बन्द गरिएका छन् । जर्मन नागरिक र यहाँको निवास अनुमति भएका बिदेशीहरुका हकमा प्रवेश निषेध गरिएको छैन । जर्मन नेशनल फ्ल्याग क्यरियर लुफ्थान्साले अप्रिल २४ सम्म आफ्ना २३ हजार फ्लाइट क्यान्सिल गरेको छ ।

-कम्पनीहरुलाई कोरोना भाइरसबाट पर्न गएको आर्थिक असरको सामना गर्न ५५० अरब युरोको आर्थिक सहायता प्याकेज घोषणा गरिएको छ । दोश्रो बिश्व युद्धपछीको यो सबैभन्दा ठुलो सहयोग रकम हो । यो ऋण सहयोग यहाँको सरकारी बैंक के.एफ.डब्लु मार्फत उपलब्ध गराइने छ । जर्मनीका अर्थ र उर्जा मन्त्री पिटर अल्टमाएरले यो प्याकेज सुरुआती रकम मात्रै भएको र आवस्यक परेमा थप ऋण रकम उपलब्ध गराउन सकिने बताएका छन् ।

-राजधानी बर्लिन लगायत केहि शहरमा निश्चित संख्या भन्दा बढी मानिस जम्मा हुन निषेध गरिएको छ ! नाइट क्लब, क्यासिनो, चर्च, सिनेमाहल, स्कुल, कलेज आदि बन्द भएका छन् । घुमफिर र अन्तरिक आवत-जावत अहिलेसम्म निषेध गरिएको छैन । मानिसहरुलाई सम्भव भएसम्म सेल्फ क्वारेनटाईनमा बस्न सुझाव दिईएको छ ।

-कोरोनाभाइरस बिरामीहरूको उपचारकालागि जर्मन सेनाको सहयोगमा १ हजार शैथ्याको बिशेष अस्पताल निर्माण गरिने भएको छ ।
विदेशमा फसेंका जर्मन नागरिकहरुलाई देश फर्काउने योजनाका लागि सरकारले ५० मिलियन युरो बिनियोजन गरेको छ ।

-जर्मनी संघिय राज्यब्यबस्था भएको देश हो । कतिपय संघिय सरकारहरुले यस महामारीको प्रकोपबाट बच्न आ आफ्नो राज्यमा थप सुरक्षा उपायहरु पनि अवलम्बन गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का संरक्षक जीवा लामिछानेको फेसबुक वालबाट लिइएको ।

वि.सं.२०७६ चैत ५ बुधवार १६:०० मा प्रकाशित

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...