back
CTIZAN AD

यी हुन् कोरोना भाइरसबाट बढी प्रभावित भएका विश्वका १० मुलुक

वि.सं.२०७६ चैत ५ बुधवार

732 

shares

५ चैत, काठमाण्डौं । चीनको वुहान प्रान्तबाट सुरु भएर संसारका १६५ बढी देशमा फैलिएको कोरोना भाइरसले यी १० मुलुकलाई बढी प्रभावित बनाएको छ ।

जसका कारण मानिवय क्षति तथा विश्वको अर्थतन्त्रलाई समेत असर पुर्याएको छ । १० मुलुकमध्ये हालसम्म चीनमा ३ हजार २३७ जनाको मृत्यु भएको छ भने ८० हजार ८९४ जनामा संक्रमण देखिएको छ ।

चीनपछि बढी मृत्यु हुने देशमा इटाली दर्ज भएको छ । इटालीमा अहिलेसम्म २५ सय ३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३१ हजार ५०६ पुगेको छ ।

त्यसैगरी तेश्रोमा इरान रहेको छ । इरानमा हालसम्म ९ सय ८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार १६९ पुगेको छ ।

त्यस्तै चौथोमा स्पेन रहेको छ । स्पेनमा संक्रमितको संख्या ११ हजार ८२६ पुगेको छ भने मृतकको संख्या ५ सय ३३ पुगेको छ । साथै पाँचौमा जर्मनी रहेको छ । जर्मनीमा संक्रमितको संख्या ९ हजार ३६७ पुगेको छ भने मृतकको संख्या २६ पुगेको छ ।

त्यसैगरी छैटौंमा कोरिया रहेको छ । कोरियामा अहिलेसम्म ९ हजार ३६१ जनामा संक्रमण भएको पुृष्टि भएको छ भने ८४ जनाको मृत्यु भएको छ ।

फ्रान्स सातौंमा परेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ७ हजार ७ सय ३० पुगेको छ भने मृतकको संख्या १७५ पुगेको छ ।
आठौंमा अमेरिका रहेको छ । अमेरिकामा अहिलेसम्म ६ हजार ५२४ जना संक्रमित भएका छन् भने ११६ जनाको मृत्यु भएको छ ।

नवौंमा स्वीटजरल्याण्ड रहेको छ । त्यहाँ अहिलेसम्म २ हजार ७ सय २४ जना संक्रमित भएका छन् भने मृतकको संख्या २७ पुगेको छ ।
संक्रमण बढी हुने दशौं नम्बरमा युके रहेको छ । त्यहाँ अहिलेसम्म १९ सय ५० जनामा संक्रमण देखिएको छ भने ७१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वमा ७ हजार ९९७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ९९ हजार ४ सय १७ जना रहेका छन् । साथै उपचार गरेर निको भएकाको संख्या ८२ हजार ८१२ रहेका छन् ।

वि.सं.२०७६ चैत ५ बुधवार १५:४५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...