back
CTIZAN AD

अमेरिकाका ५० वटै राज्य कोरोनाको चपेटामा, मृत्यु हुनेको संख्या १५२ पुग्यो

वि.सं.२०७६ चैत ६ बिहीवार

840 

shares

६ चैत, काठमाण्डौं । विश्वभरी तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा १५२ जनाको ज्यान गएको छ ।
भाइरस संक्रमणबाट अमेरिकाको ५० वटै राज्य संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ९ हजार ३०१ जना संक्रमित भएका छन् । र हालसम्म १०८ जना संक्रमणबाट पूर्ण मुक्त भएका छन् ।

अमेरिकाको वाशिंगटन राज्यमा हालसम्म मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने न्युयोर्कमा २०, क्यालिफोर्नियामा १६, न्युजर्सीमा ५, फ्लोरिडामा ८, लुजियानामा ,इलिनोइमा १, कोलोराडोमा २, टेक्सासमा ३, जर्जियामा ३, मिसिगनमा १, पेनसेलभेनियामा १, कनेक्टिकटमा १, मेरिल्याण्डमा १, भर्जिनियामा २, ओरेगनमा ३, साउथ क्यारोलाइनामा ३ ,नेभादामा १, इन्डियानामा २ ,केन्टकीमा १ ,क्यान्ससमा १ ,मिसौरीमा १ र साउथ डकोटामा १ गरि कुल १५२, जनाको मृत्यु भएको हो ।

यसैबीच अमेरिकी सिनेटले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरसको परीक्षणलाई वृद्धि गर्न र यसबाट प्रभावित लाखौं श्रमिकहरूको बिरामी बिदाको प्रत्याभूति (ग्यारेन्टी)को लागि एकसय अरब डलर भन्दा बढीको बिल (विधेयक )पठाएको छ ।

तर सांसदहरू र ह्वाइट हाउसले प्रशासनको अर्थतन्त्रलाई स्थिर पार्न एक खर्ब डलर डलरको योजनामा आफ्नो ध्यान केन्द्रित गरि सकेका छन् किनभने कोरोना भाइरसको महामारीले व्यक्ति र व्यवसायलाई आर्थिक क्षति र्पुयाउने खतरा छ ।

अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसबाट प्रभावित भएका अमेरिकी जनतालाई राहत दिन घरघरमा एक हजार डलर पठाउने बिषयमा अमेरिकी ट्रेजरी डिपार्टमेन्ट (कोष बिभाग)ले पहल सुरु गरेको छ ।

कोष बिभागले त्यसको लागि २५० विलियन (अर्ब डलर) नगद अमेरिकी जनतालाई प्रदान गर्न प्रस्ताव गरेको छ । जस अनुसार उक्त एक हजार डलरको धनादेश(चेक) को प्रथम निकासी अप्रिल ६ का दिन गरिने जनाएको छ ।

यसै गरि बाकी ५ सय डलरको धनादेश (चेक )मे महिनाको मध्य सम्म पठाईने जनाएको छ । रकम आय र परिवारको आकारमा निर्भर हुन्छ भनेको छ ।

ट्रम्प प्रशासनले परिवार र व्यक्तिलाई १ खर्ब डलरको आधा र अन्य आधाले व्यवसायलाई वृद्धि गर्न र कर्मचारीलाई तलव–पे(चेक) दिन प्रस्ताव गरेको छ । उक्त एक हजार डलर दिने भनेको केवल अमेरिकी नागरिकको लागि मात्र लागू हुने छ । स्थायी आवासीय पत्र (ग्रिनकार्ड) वालाहरुले रकम प्राप्त गर्ने छैनन् ।

रकम आय र परिवारको आकारमा निर्भर हुने र दोश्रो धनादेश(चेक) मे १८ देखि पठाउन सुरु गरिने छ । कोष विभागका सचिव ट्रेजेरी स्टेभेन म्नुचिनले राहत स्वरुप चेक पठाइन लागेको पुष्टि गरेका छन् । कोरोना भाइरसको कारण व्यापक आर्थिक मन्दी आएको कारण सरकारले राहत दिन लागेको हो ।

वि.सं.२०७६ चैत ६ बिहीवार ११:२४ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...