back
CTIZAN AD

सभामुख र अध्यक्षको द्धन्द्ध संयोग वा नियोजित !

वि.सं.२०७६ चैत ६ बिहीवार

750 

shares

सुस्मिता शर्मा,६ चैत, काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाका बीच द्धन्द्ध बढेर गएको छ ।

दुईबीचको बढ्दो द्धन्द्धकै कारण संसदीय समितिका सभापतिसँगको बैठक स्थगन हुन पुगेको छ । संसदीय कामकारबाहीलाई चुस्त र समन्वयतात्मक बनाउन सभामुखले संसदीय समितिका सभापतिको बैठक आयोजना गरेका थिए । तर सो बैठकमा अध्यक्ष तिमिल्सीनाले आफू पनि नआउने र आफूले भनेको मान्ने अर्थात् पूर्वएमाले सम्बद्य सभापतिहरुलाई पनि नजाने निर्देशन दिएकाले सभामुख सापकोटो सो बैठक सार्न बाध्य भएको बताइएको छ ।

‘यो द्धन्द्ध सामान्य संयोगका रुपमा मान्न हुँदैन’ संसदीय कामकारबाहीका एक जानकारले संसारन्युजलाई भने । सभामुख पूर्वमाओवादी पृष्ठभूमिको मात्र नभएर कार्यकारी अध्यक्ष भनिएका प्रचण्डबाट १ नम्बर रोजाइमा परेका व्यक्ति भएको तथा गणेश तिमिल्सीना पनि पुराना वरिष्ठ हरुलाई पाखा लगाउँदै ओलीद्धारा छानिएका व्यक्ति भएकाले नेतृत्वको मनोबैज्ञानिक टकराव संसदीय प्रक्रियामा देखिन पुगेको छ ।

करारमा रहेका १२ कर्मचारीको म्याद थप्ने वा नथप्ने विषय, कार्यबाहक महासचिवको नियुक्तिमा सापकोटाको प्रस्ताव र संसदीय समितिका सभापतिको बैठक सहमति विना बोलाएको जस्ता विषय अध्यक्ष तिमिल्सीनाका तर्फबाट उठेका छन् भने सापकोटाको सभामुख चयनसँगै अध्यक्ष गणेश तिमिल्सीनाको असहयोग, सभामुख बस्दै आएको बालुवाटारको निवास लिन गरिएका तिकडम र दुई सदन बीचको समन्वयमा भएका लज्जाजनक छुच्याइहरु सभामुखका समर्थकले उठाएका छन् ।  संसद सचिवालय सुत्र भन्छ ‘माथिको टकराव’ ले संसदीय कामकारबाहीमा असर पुगेको छ ।’

वि.सं.२०७६ चैत ६ बिहीवार १०:५३ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...