back
CTIZAN AD

‘नेपालीलाई पनि प्रतिबन्ध’ बोल्दै नबोलौं, सबै नेपालीको अभिभावकत्व लिऔँ सरकार !

वि.सं.२०७६ चैत ७ शुक्रवार

1.4K 

shares

 निश्चय पनि घरको आर्थिक अवस्था, कमजोरी र रोगी अवस्थामा घर पस्दा हुने जोखिम र त्यसले पार्ने प्रभावका बारेमा स्वय्मको मनोविज्ञान र आत्मबल प्रधान कुरो हो तर मेरै बुबा आमाको काखमा पल्टिन्छु, मेरै जहानबच्चासँग लुट्पुटिन्छु वा मेरै माटोको हावा लिन्छु भनेर फर्कने परिवारलाई तगारो हालेको ऐलान गर्नु कति जायज हो ?


यो संवेदनशिलतामा नागरिक दायित्व पनि निकै छन् । आफु रहेकै ठाउमा बस्ने,सुरक्षित हुन प्रयास गर्ने र सकेसम्म सरकारलाइ कम बोझ गराउने काम सबै नेपालीको हो ।

कतिपयको दम्भकारी बोली, आशंककारी सम्प्रेषण र तदर्थवादी व्यवहार देखिँदैमा निराश चाहि नबनि हालौँ ।

शुरुमै स्पष्टिकरण दिन चाहन्छु की मेरो घरको श्रीमती, छोराछोरी तथा दाजुभाइ दीदीबहिनी, परिवार र निकटका नाता विदेशबाट आउन नपाउनेभए भन्ने मानसिक तनाव भएर मैले यो मुद्धा उठाउन खोजेको होइन । लामो समयदेखी विदेश बस्ने नेपालीहरुमा आधारित पत्रकारिता गर्दै आएको कारण हाम्रा पाठक र विदेश बस्ने नेपालीहरुको जिज्ञासा पुरा गर्नु कर्तव्य ठानेर अनि त्यसमाथि विभिन्न देशमा रहेका केही मित्रहरुले अस्ति साँझदेखि सोधिरहनु पनि भएकाले बिषय उठेको हो । धेरैको जिज्ञासा थियो फर्कन चाहाने नेपालीका लागी सरकारले के नीति अख्तियार गर्ला ?

हिजो बिहिबार मार्च १९ मा एउटा सकरात्मक समाचार सम्प्रेषण भएको थियो कि नेपालीहरु ‘निर्बाध आउन पाउँछन्’ । यसबाट अलिकति अभिभावकत्व झल्किएको थियो । तर शुक्रवार बिहानै केही प्रमुख समाचार माध्यममा ‘नेपालीलाई पनि स्वदेश फर्कन प्रतिबन्ध’ भन्ने समाचार आयो । म झल्याँस्सै भएँ । हिजो आफैले सकरात्मक मानेको सरकारी निर्णय आज नै कसरी नकरात्मक बनेछ । खुल्दुली बढ्यो । मैले तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन ४११३०४५ मा फोन गरेर सोधे । डियुटीमा रहेका कवि न्यौपालेले भन्नुभयो ‘आज राती १२ बजेदेखि थाइ र सिंगापुर एयरलायन्स बाहेक कुनै पनि अरु जहाज नउतार्ने कुरा आएको छ, नेपालीलाई रोक्नु भन्ने पत्र त स्पष्ट आएको छैन तर जहाज नै नआएपछि कसरी आउनेहोला र नेपालीहरु पनि ?’ उहाँको यो उत्तर गलत थिएन तर प्रश्नको जवाफ नआएकोले मैले विभागका महानिर्देशक ईश्वर पौडेलसँग सम्पर्क गर्न खोजेँ । सम्पर्क नभएपछि विभागका प्रवक्ता तथा निर्देशक रामचन्द्र तिवारीसँग सम्पर्क भयो । उहाँले भन्नुभयो ‘हाम्रो विभागको आधिकारीक विज्ञप्तिमा लेखिएको छ । त्यहाँ को स्वदेशी र को विदेशी नभनिएकोले प्रष्ट नभएको हो, ‘All the Passengers’ भनिएकाले सो आशंका बढेको हो । राज्यले आफ्नो नागरिकको अपनत्व लिन सक्नु पर्दछ भन्ने हामी सबैको चाहना हो ।’ उहाँको यो प्रतिक्रियाले पनि मेरो प्रश्नको पुरा उत्तर पाएन ।

राज्यका केही संवेदनशिल बाध्यताहरु हुन्छन्, त्यसका आधारमा All Passengers  लेखिएको होला भन्ने लाग्यो । मैले केही दिन देखि पढेका समाचारमा संसारका धेरै देशले आफ्ना नागरिकको अपनत्व बेग्लै रुपमा लिएको पाएँ । ‘स्थल र हवाइमार्गबाट आउने प्रभावित मुलुकका विदेशी नागरिकलाई रोक्ने’ मात्र होइन आफना नागरीकलाइ छिटो फर्कन वा सुरक्षित रहन भन्ने आशयको सूचना धेरै देशले प्रवाह गरेको पनि पढेकै थिएँ ।

अरु देशको प्रयास र अभ्यास हामीले कति लिने वा कति नलिने परिस्थतिमा पनि भर पर्दछ । भाइरस रोक्ने पहल र जिम्मेवारी विश्व मानव सुमदायको एक मात्र कार्यभार हो यतिबेला । निश्चित अवधिका लागि विदेशी वा पर्यटक रोक्ने प्रयास संसारभरी भै रहेकाले हामीले त्यो गर्नै पर्दथ्यो र गर्दैछौँ पनि । यति गर्दागर्दै पनि सिंगापुर र थाइमा चढेर कोही विदेशी उत्रिहालेछ भनेपनि हामीले उसलाई युद्ध अपराधिको व्यवहार गर्न मिल्दैन । विश्व स्वास्थय संगठन र अन्य निकायहरुलाई गुहारेर भएपनि ‘मान्छे’ को व्यवस्थापन अनिवार्य हुन आउँछ । यसको मतलव विदेशीलाई खुल्ला गर्ने स्थिति होइन, प्रतिबन्धै गर्नुपर्छ यसमा दुईमत छैन ।

प्रभावित देशका विदेशी नागरिक रोक्ने अभ्यास जहाँ पनि भैरहेको छ । ‘सकभर जहाँ छौँ, त्यहि सुरक्षित हौँ, भन्नु नराम्रो होइन । आउनै पर्ने र अन्तरमन देखि आफ्नै घर जान्छु भनेर नेपाल आउने नेपालीहरुलाई ‘प्रतिबन्ध लाग्यो अब नेपाल नआउ’ भनेर फुक्न मिल्छ ? घरकै बाध्यताले काम गर्न गएका घरका सदस्य खटिरा, पीप, घाउ र सरुवा रोग नै बोकेर आएपनि उसको अभिभावकत्व लिन्न भन्ने घरको मुली कस्तो हुन्छ ?
हो, निश्चय पनि घरको आर्थिक अवस्था, कमजोरी र रोगी अवस्थामा घर पस्दा हुने जोखिम र त्यसले पार्ने प्रभावका बारेमा स्वय्मको मनोविज्ञान र आत्मबल प्रधान कुरो हो तर मेरै बुबा आमाको काखमा पल्टिन्छु, मेरै जहानबच्चासँग लुट्पुटिन्छु वा मेरै माटोको हावा लिन्छु भनेर फर्कने परिवारलाई तगारो हालेको ऐलान गर्नु कति जायज हो ? यो प्रश्नले मलाई घोत्लिरह्यो भने ५० डिग्रीको तातो घाममा सर्पसंग लुकामारी खेलेर र रगत समेत अर्पेर परीवारको हातमुख जोडाएकालाइ पनि प्रतिबन्ध भनिहाल्दा कसको मन दुख्दैन र । यस्तो भावुकतासंगै विदेशमा रहेका मित्रहरुको जिज्ञासा र सरकारको ‘आशंककारी सम्प्रेषण’ ले मलाइ पनि चिमोटीरह्यो ।

हाम्रो सरकारले केही गरेन र पुरै नराम्रो ग¥यो भन्ने मेरो आशय हँुदै होइन । कोरोना रोक्ने सरकारका प्रयास र पहल निकै राम्रा पनि छन् । तर सरकारमा भएकाहरुको बोली, भाषा र कतिपय उराठ व्यवहारले निर्दयीता ?’ बढेको हो की भन्ने आशका गराएको छ । अध्यागमन विभागमार्फत यस्तो सूचना जारी गराउँदा र लेखाउँदा पनि ध्यान नपुगेकै हो । हामी नेपाली भएकाले हाम्रो राज्य आफ्ना नागरिक माथि निर्दयीता प्रदर्शन गर्र्नै सक्दैन र कोही नेपाली जुनसुकै माध्यम अर्थात् जापानमा रहेको कुनै नेपाली अनुमतिवाला सिंगापुर र थाइ एयरको रुट मिलाएर नेपाल आइहाले भनेपनि सरकारले उनीहरुलाई उतै फर्क भन्न त सक्दैन, त्यो हामी पनि अनुमान गर्छौँ तर यस्तो परिस्थितिमा आफ्ना नागरिकप्रतिको दायित्वबोधको सम्प्रेषणमा सरकारको संवेदनशिलता कच्चि भयो भन्ने चाहिँ प्रष्टै भयो । आफ्ना नागरिकको मन दुखाउने काम त्यो पनि यस्तो घडी ! मा सरकारका तर्फबाट हुदै नहुनुपर्ने हो ।

यो संवेदनशिलतामा नागरिक दायित्व पनि निकै छन् । आफु रहेकै ठाउमा बस्ने,सुरक्षित हुन प्रयास गर्ने र सकेसम्म सरकारलाइ कम बोझ गराउने काम सबै नेपालीको हो । यति हुदाहुदै पनि राज्य अभिभावक भएकाले आफ्ना नागरिकलाई ‘विदेशी सरह डिल’ गर्नु हुदैनथ्यो । प्रष्ट छ की राज्यका जिम्मेवार प्रतिनिधिहरुमा चढेको मात र असंवेदनशिलताका कारण हामी झस्किने र तर्सिने स्थितिमा पनि छौँ । कतिपयको दम्भकारी बोली, आशंककारी सम्प्रेषण र तदर्थवादी व्यवहार देखिँदैमा निराश चाहि नबनि हालौँ । हामी नेपाली हौँ । नेपालीमात्रको माया र अपनत्व यतिबेला हामी सबैको प्रमुख दायित्व हो । रुखो र चर्को नबोलेर आफना जहान परीवारको रक्षा गर्न ,भावावेशमा आएर निर्दयीभाव सम्प्रेषण नगर्न र सबै नेपालीको अभिभावकत्व ग्रहण गर्ने तयारीमा लाग्न सरकारलाई अझै भनौँ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १३:०९ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...