back
CTIZAN AD

हो, महिलाहरु काम गर्दैनन्

वि.सं.२०७६ चैत ८ शनिवार

1.6K 

shares

म त घर एक्लै चलाई रहेको छु ६/६ जनाको परिवारलाई कम्ता गाह्रो छैन श्रीमान् भन्ने गर्थे । गफ दिंदै गरेको बेलामा एकजना साथीले भन्छ ‘तेरो त श्रीमतीले पनि केहि न केहि गर्नुहुन्छ तलाई त अलि हल्का छ मलाई पो कम्ता गाह्रो छैन’ । जाबो अप्पर लिप (आँखी भौं) मा क्रिम लगाको पैसा कति हुन्छ र ?

एउटा परिवारमा सासुससुरा, छोराछोरी र आफुहरु गरि ६ जनाको परिवार। श्रीमान् अफिस ,छोराछोरी स्कुल, सासुससुरा बुढाबुढी एक्सरसाइज गराउनु पर्ने, औषधी समय समयमा खुवानु पर्ने, घरका सबैजनालाई खाजा नास्ता आ-आफ्नो रुचिको तयार गर्दिनु पर्ने । सबै जनाको कपडा धुनु, इस्त्री गर्नु, छोराछोरी बिहान ९ बजे स्कूल पुर्याउनु, बेलुका ५ बजे फेरी लिन जानु पर्थ्यो । बजार गएर समान किनेर ल्याउनु र बेलुका सबै जना जम्मा हुँदा सबैलाई खाना तयार गरि टेबुलमा राखी दिनु अनि कसले कति खायो वा खाएन देख बिचार गर्नु र बाहिरबाट आउने पाहुनालाई वा श्रीमान वा छोराछोरीका साथी घरमा आउदा खाजा नास्ताको व्यबस्था मिलाउनु एउटी महिला, आमा, बुहारी र श्रीमतीको कर्तब्य हुन्थ्यो, त्यो गर्नु पर्थ्यो । तर घरकी बुहारीले के खाइ अथवा खाइनकि उसलाई आज सन्चो बिसन्चो के छ, भनि विचार गर्ने त्यो परिवारमा कोहि थिएन । परिवारको सदस्य मध्ये कसैले पनि उसलाई उसको बारेमा चासो राख्दैनथ्यो । मानौंकि उ एउटा निर्जीव वस्तु हो । उसका कुनै इच्छा छैनन्, चाहना छैनन्, रहर छैनन् । उसलाई पनि आराम चाहिन्छ भन्ने कुरामा सबै बेखबर थिए ।

गर्नुपर्ने यावत काम सकेर बचेको समयमा त्यही महिलाले आफूले खर्चको जोहो गर्नको लागि घरमा नै बिउटी पार्लर को काम गर्थिन र थोरै भए पनि परिवारको आर्थिक भार पनि आफ्नो श्रीमानलाई कम गर्थिन । त्यही श्रीमानले बाहिर बसेर साथीहरुसँग गफ दिएको उनले बारम्बार सुन्ने गर्थिन । म त घर एक्लै चलाई रहेको छु ६/६ जनाको परिवारलाई कम्ता गाह्रो छैन श्रीमान् भन्ने गर्थे । गफ दिंदै गरेको बेलामा एकजना साथीले भन्छ ‘तेरो त श्रीमतीले पनि केहि न केहि गर्नुहुन्छ तलाई त अलि हल्का छ मलाई पो कम्ता गाह्रो छैन’ । जाबो अप्पर लिप (आँखी भौं) मा क्रिम लगाको पैसा कति हुन्छ र ?

यी सबै कुरा ती महिलाले सुनिरहेकी हुन्छिन । अनि उनी भान्छाकोठामा गएर रुन्छिन् । त्यो दिन बित्यो, बेलुका खाना खाई सकेपछि सुत्ने तयारी भयो । सबै आ– आफ्नो कोठामा गए । त्यसपछि उनले आफ्नो श्रीमानसँग भनिन ‘मलाई १ महिना छुट्टि चाहियो’ । तिमीले त केहि काम गरेकै छैनौ तिमीलाई केको छुट्टि चाहियो सधैं छुट्टी छ’ । ‘ल ठिक छ मैले केहि काम गरेकै छैन तर पनि मलाई एक महिनाको छुट्टि चाहियो’ उनले जिद्दी कसिन ।

‘कहाँ जाने हो र किन चाहियो छुट्टी ?’ मैले पैसा दिन सक्दिन, मसँग एक पैसा छैन, कहीं जानु पर्दैन’ भन्दै श्रीमान् कड्किए । पैसा को चिन्ता नलिनुहोस, पैसा मसंग छ त्यहि अप्पर लिपमा क्रिम लगाएर जम्मा गरेका पैसा। बुहारी, आमा र श्रीमतीलाई छुट्टिमा माइत पठाउने कुरामा सहमति जुट्यो । बुहारी छुट्टीमा लागिन् ।

यो निर्णय भैसके पछि सबैले आ–आफ्नो चिन्ता व्यक्त गर्न सुरु गरे । हाम्रो टिफिन कसले बनाउछ । होमोर्क कसले गराउँछ भन्दै छोराछोरी बुर्कुसी मार्न थाले । हामीलाई डोर्याएर घुमाउन कसले लान्छ भन्दै बुढाबुढी गनगन गर्न थाले । अब चिया कसले पकाउने, खाना कसले पकाउने, कपडा धुने, इस्त्री लगाउने कसले गर्ने ? भन्दै श्रीमानको कच्कच् सुरु भयो । खाना बनाउने लगाएत सबै कामको पैसा तिरेर एकजना मान्छे राख्ने कुरा भयो । घरको सरसफाई, कपडा धोएको, इस्त्री लगाएको, भाँडा माझेको, बुढाबुढीलाइ मालिस गरेको, घुमाउन लागेको, अनि छोराछोरी स्कुल पुर्याउन, ल्याउन, खाना टिफिन आदी इत्यादि सबैको हिसाब गर्दा पुरै एक महिनाको कम्तिमा ३० हज्जार जति नभई काम गर्ने मान्छे नपाइने पक्का भएछ । यसरि बजेट तयार भयो । बजेट त तयार भयो तर दुर्भाग्य श्रीमानको तलब जम्मा १५ हजार रहेछ । अब परेन फसाद ! बाउले हिसाब गरेको छोरीले नजिकैबाट हेरिरहेकी थिइ ।

‘बाबा हजुरले पन्द्र सोह्र हजार कमाएर ल्याउनु हुन्छ। मामुले त तपाइको भन्दा डब्बल जोगाउनु भएको रहेछ हामीलाई त अहिलेसम्म थाहै थिएन । सबै जनाले मामुलालाइ सहयोग गर्नुपर्छ अब हामी पनि मामुलाई सहयोग गर्छौ। मामुलाई छुट्टीबाट बोलाउनु पर्छ ।’ छोरीले भन्न थाली । हुन्छ नानु, अब बोलाउञ्छु, भन्दै बाउले चिटचिट पसिना काढ्न थाले । अस्तु

वि.सं.२०७६ चैत ८ शनिवार ०८:४७ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...