back
CTIZAN AD

कविता: आइ मिस्ड यु रोल्पा

वि.सं.२०७६ चैत ८ शनिवार

1.4K 

shares

तिमीले उपहार
रगत दिएपछि,
बाँचेको हो
पिजडाको सुगा
र उडेको हो आकासमा
मनाउदै उधारो स्वतन्त्रता दिवस !
तिम्रो रगत र स्वतन्त्रताको साइनो
कसम आजको हैन,
र त चराहरू स्वतन्त्र भए
पिन्जडाहरू कैद भए ।

तिमी बिँउझे पछि
निदाएको हो सडकको साँढे
तिमीले उठाए पछि
स्वभिमानको खुँडा
घुडा टेकेको हो
जर्सापको घोडा
र हल्लिएको हो
सिंहदरवारको तवेला
अनि ढलेको हो
आदिम चट्टाने पर्खाल ।

तिमीले बोकेपछि,
आरनको बन्दुक
डरले काँपेका हुन्
आयातित मेसिनगनहरू,
तिमीले थापे पछि
वीरताको छाती
जन्मेका हुन् कार्लमाक्स्
गाएपछि सगरमाथाले
शान्तिको गित
गरिएको हो न्वरान बुद्ध र गान्धिको
गाइएको हो इन्कलाबको मधुर गित
र ढलेको हो दासत्वको पर्खाल !
र त तिमी दासबाट मालिक बन्यौ
अनि मालिकहरू सालिक बने ।

बगे पछि रगतको भेरी,
पुछिए पछि सिउँदो,
रोएपछि निर्दोस चुराहरु
उदाएको हो रक्तिम सूर्य
त्यसपछि
पैचो लिएर तिम्रा पखेटाहरू
उडेका हुन एकहुल चराहरू
सुदूर पूर्व,
र बास बसेका हुन्
सिंहदरवारको बुढो रुखमाथि
त्यसपछि,
दोहोरिएको हो इतिहास ।

चराहरूले बिर्सिएका हुन्
चराहरुको गित
चराहरुको आवाज
चराहरूको भाषा,
चराहरूको पहिचान,
माटो र सेउलाले बनाएका
कलात्मक गुँडहरू
अनि अरूले जस्तै लेखेका हुन्
फेसबुकको वालमा प्रेम पत्र
‘आइ मिस्ड यू रोल्पा’ ।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:४९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...