back
CTIZAN AD

यसरी बित्यो लक डाउनको सातौ दिन

वि.सं.२०७६ चैत ८ शनिवार

714 

shares

स्पेनमा लक डाउन अर्थात बन्द गरको आज सातौ दिन लाग्दै छ । आज बिहान करिब १० बजेतिर ठुल्ठुलो आवाजमा पुलिसले माइकबाट सर्बसाधारण मानिसहरुलाई अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको थियो । सधै ब्यस्त हुने सडकहरु सुनसान छ । पसल, रेस्टुरेन्ट र सरकारी कार्यालयहरु बन्द छन । नेपालको पहिलो आन्दोलन २०४६ चैत २४-२५ मा कर्फ्यु लाग्दाको दिनहरु जस्तै मानिसहरु घर भित्र थुनिएर बसेका छन् । म बिहानको चियाको कपसगै कोरोनाकों समचार सुन्न टेलीभिजन अगाडि बस्छु ।

आज स्पेनमा कोरोनाबाट संक्रमित बिमारीको संख्या 19000 नाघिसकेछ भने मृत्यु हुनेको संख्या १००० नाघेको रहेछ । टेलिभिजनले प्रधानमन्त्रीको कार्यकक्षबाट प्रेस कन्फेरेन्सको प्रत्यक्ष प्रसारण गरिरहेको छ। जनस्वाथ्य बिभाग प्रमुख, मन्त्री, आर्मी प्रमूख, जनपुलिस र राष्ट्रिय पुलिस प्रमुखले आ– आफ्नो बिभागले गरेका कामको प्रगति विवरण दिरहेका छन् । मलाइ मनपर्ने तीनवटा पुस्तक( कर्ण शाक्यको सोच, मदन कृष्ण श्रेष्ठको मदन बहादुरको ‘म’ र स्व. रबिन्द्र अधिकारीको सम्बृद्ध नेपाल)मा कर्ण शाक्यको ‘सोच’ धेरै पहिला प्रकासित भएपनि समय अभाबले पढ्ने रहर हुँदाहुदै पनि पढ्न पाएको थिइन । सोच पढ्ने क्रममा म आफू नेपालमा हुँदा पनि पर्यटन ब्यबसायमा आबद्ध भएर नेपालका नेशनल पार्क, ट्रेकिंग, होटेल र लजमा घुमेको हुनाले उहाँका लेखहरु एकदम मन पर्यो । लेखहरु पढ्दै जाँदा बीचमा पुगेपछि छोरीले यो किताब अहिले अडियोमा पनि उपलब्ध छ भने पछि कम्पुटरमा निकालेर सुनेँ । तर आफूले पढे जस्तो मज्जा नै आएन । त्यसमा पनि वाचकले बीचबीचमा जम्प गर्दै अगाडी बढेको हुन्छ । अनि पुस्तकको आधाआधी सकिएपछि समाप्त गरेको रहेछ । यस्तो महत्व पूर्ण पुस्तकलाई यसरी बीचमा समाप्त गर्दा वाचक प्रति रीस उठ्यो । जे काम गर्दापनि बीचमा छोड्नु हुदैन भन्ने मान्यता राख्ने म ! आधा पुस्तकलाई आधा गाग्री पानीसँग तुलना गर्न मन लाग्यो । फेरी म आफै पुस्तक पढ्न थाले।

हामी दिउसोको खाना निक्कै ढिलो खान्छौ । झन्डै दिउसोको ५ बजे बिहानको खाना खाएर स–परिवार नेपाल आइडल हेर्न लाग्यौँ । केहि समय नेपाली  vloggers को भिडियो, नेपाली PRANK, केहि साथीहरुसंग  online कुराकानी र face book मा समय बित्यो ।

चीनको वुहानबाट सुरु भएको यो कोरोनाको अन्त कहिले हुने हो खै ? हामी अहिले एक्काइसौ शताब्धिको युगमा छौ । यो युग बिज्ञान र प्रबिधिको उत्कृस्ट समय हो । मानब जातिले जल, थल र आकाशमा आफ्नो अद्भुत चमत्कारहरु देखाई सकेको छ । पानीमा ठूलाठूला पानीजहाजहरु, पान्डुवी र युद्ध पोतहरु गस्ती लगाईरहेका छन् । थलमा अनगिन्ती गगन चुम्बी महलहरु, रेल, बस, मोटर र हाइवेहरु छन् । मानिसका दैनिक आवश्यकताका बस्तुहरु हरेक प्रकारका उपलब्ध छन् । मानिसका जीवनयापनका साथै मनोरंजन, सौन्दर्य र विलसिताका अनेकान सामानहरु उपलबध छन् । आकासमा हवाई जहाज, हावाको गति भन्दा छिटो उड्ने फैटर जहाज , रकेट र रकेटसंगै संसारलाई ध्वस्त पार्न सक्ने अनगिन्ती बम, मिशाइल र क्षेप्यास्त्रहरु छन् । मेडिकल बिधामा गरेको प्रविधि पनि उल्लेखनीय छ । विभिन्न रोगका उपचारहरु सम्भव भएका छन् । मानब अंगहरुको सफल प्रत्यारोपण भैरहेको छ । हिजोका दिनहरुमा म यी सब विज्ञानका उपलब्धिहरुमा गर्ब गर्थे । वहा ! मानव तिम्रो यो दिमागको कमाल । तर आज यो कोरोना भाइरसको आतंकले सम्पूर्ण संसार थरथर कामीरहेको छ । यो संसारलाई नै प्यारालाइसेस बनाई दिएको छ । अब यो संसार कहिले सन्चो हुने हो खै ? हाम्रो बिज्ञान र प्रबिधि को खोज , उपलब्धी र अविस्कार, कोरोनको तुलनामा अझै सानो फ़ुच्चे बच्चा जस्तो लाग्न थाल्यो ।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:४४ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...