back
CTIZAN AD

स्वार्थ बझानमा अड्किएको अमेरिकी सरकारको ‘रिकभरी प्याकेज’

वि.सं.२०७६ चैत ८ शनिवार

720 

shares

यो बिललाई अधिकांश सिनेटरहरुले समर्थन गर्ने सम्भावना छ तर रिपब्लिकन सिनेटर लिन्जी ग्राहम र डेमोक्रेट्सहरुले यस्तो अस्थायी स्वरूपको प्याकेज भन्दा बेरोजगारी भत्ताको निरन्तरताको पक्षमा आफ्ना राय अघि सारेका छन् । एक ट्रीलियन डलरको यो रिकभरी प्याकेज सदनमा पास हुन अझै अर्को एक हप्ता लाग्न सक्दछ । यो आपतको बेला नगद १२ सय डलरले ठुलै गर्जो टर्छ भन्ने कुरोमा सबै सहमत छन । राष्ट्रपति ट्रम्प पनि यो नगद राहत स्वरूप पठाउन ईच्छुक देखिएका छन ।

अमेरिकी माथिल्लो सदनमा छलफल भईरहेको एक ट्रिलीयन डलरको रिकभरी प्याकेज अहिलेको क्षणसम्म रिपब्लिकन र डेमोक्रेट्सहरुको वर्गीय स्वार्थ बझानमै अड्किएको छ ।
मुलत यो प्याकेज पाँच मुख्य क्षेत्रहरुमा बाडिएका छन ति हुन् :
१) करोना प्रभावित परिवारलाई नगद भुक्तानी,
२) उद्योगहरुलाई बेलआउट
३) अस्पतालहरुलाई आर्थिक भुक्तानी,
४) पेड सिक लिभ (बिरामी बिदा) र
५) ह्वाईट हाउसका लागि अतिरिक्त खर्चको जोहो ।

कर्पोरेशनहरुको लगानी र कृपाले माथिल्लो सदनमा पुगेका रेडस्टेटका रिपब्लिकन सिनेटरहरु आम श्रमजीवी वर्गको लागि भन्दा पनि उद्योगहरुलाई बेलआउट उपलब्ध गराउनमा उत्साहित देखिएका छन भने सन् २००८ को बैंक बेलआउटको नकारात्मक नतिजा र अनुभव भोगेका डेमोक्रेट्सहरु यस बखत चनाखो बन्दै कर्पोरेशनहरुको नाममा ‘ब्लाङ्क चेक’ नदिने अडानमा बसेका छन । डेमोक्रेट्सहरुको उच्च प्राथमिकता एक पटक दिईने नगद भन्दा पनि बेरोजगार भत्ताको निरन्तरता रहेको छ भने उनीहरु साना ब्यबसाय र कर्पोरेशनहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराएपछिको अवस्थामा त्यस्ता ब्यबसायहरुबाट कामदार वर्गलाई पेड सिक लिभ (बिरामी बिदा) र ज्यालादरमा अभिवृद्धि हुनुपर्ने कुराको प्रत्याभूति माग गरिरहेका छन् ।

बार्षिक ७५ हजार भन्दा कम कमाई गरेका (सन् २०१८ को आम्दानीलाई आधार मानिने भनिएको छ) हरुलाई अमेरिकी डलर १२ सयको चेक पठाउने प्रस्ताब अघि बढे पनि यो सदनमा पास भईसकेको भने छैन । यो स्वरुपको प्रस्ताब रिपब्लिकन सिनेटर मिट रम्नीले अगाडी ल्याएका हुन, यो बिललाई अधिकांश सिनेटरहरुले समर्थन गर्ने सम्भावना छ तर रिपब्लिकन सिनेटर लिन्जी ग्राहम र डेमोक्रेट्सहरुले यस्तो अस्थायी स्वरूपको प्याकेज भन्दा बेरोजगारी भत्ताको निरन्तरताको पक्षमा आफ्ना राय अघि सारेका छन् । एक ट्रीलियन डलरको यो रिकभरी प्याकेज सदनमा पास हुन अझै अर्को एक हप्ता लाग्न सक्दछ । यो आपतको बेला नगद १२ सय डलरले ठुलै गर्जो टर्छ भन्ने कुरोमा सबै सहमत छन । राष्ट्रपति ट्रम्प पनि यो नगद राहत स्वरूप पठाउन ईच्छुक देखिएका छन ।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:२० मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...