back

कविता : केही टुक्राहरु

वि.सं.२०७६ चैत ८ शनिवार

765 

shares
GLOBAL IME AD
NTC AD

कबिता प्रेम !

कबितालाइ सुन्दर बनाउन
बिम्बको टीका, प्रतिकको गाजल
मिथकको लाली र लयको मेहेन्दि लगाइ दिए
तरै पनि अहँ, कबिता सुन्दर देखिएन ।

त्यस पछि
कल्पनाको लाछा, भाबुकताको सिरफुल,
शिष्टताको चोलि, शालिनताको फरिया अनि
कोमलताको चुनरी लगाइ दिए

तर यति गर्दा पनि पो कबिता त अझै कुरुप देखियो
त्यस पछि भिकेर प्राण कबितामा राखि दिए
अनि बिचारको आत्मा फुकि दिए ।

त्यस पछि कविता फगत कविता रहेन ।।

कामदारको आबेदन २.

-म गाली सहन सक्छु
-म अपमान पचाउन सक्छु
-म चुपचाप लाज भोग्न सक्छु
-हजुरले जसो भन्नू हुन्छ उसै गर्न सक्छु
र मालिक
मेरो सबैभन्दा ठुलो योग्यता भनेकै मेरो गरिबी हो

त्यसैले म मेरो र मेरो परिवारको भोको पेट सगँ
कहिले गद्दारी गर्ने छुइन मलाई जागिर दिनोस् ।।

परिचय ३

उसको नाम धन बहादुर जोशी
त्यसको नाम भैरव थापा मगर
यसको नाम भबिन्द्रमान दास
यिनको नाम भुमिका माया लिम्बूनी

अहँ, होइन
उसको नाम बेइमान बहादुर जोशी
त्यसको नाम काइते थापा मगर
यसको नाम घमण्डीमान दास
यिनको नाम स्वार्थी माया लिम्बूनी

अनि मेरो नाम ??
सायद मेरो नाम पनि गगन योक्पादेन होइन ।।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:५५ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण, ललितपुर छ्यौ दुरुस्तै अहो परीजस्तै छैन कोही यहाँ...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिमी सागर म किनार बनूँला...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं मौका छोपेर चौका हान्नेको के...

गजल

गजल

सुमन शर्मा, टेक्सास अमेरिका तिमी आयौ बुझायौ कुरा एकाबिहानै भएँ...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

कविता : त्यो प्रेम नै हो

कविता : त्यो प्रेम नै हो

नीता गुरुङ, असम भारत जहाँ प्रेम हुन्छ त्यहाँ नै सुन्दर...