back
CTIZAN AD

कविता : केही टुक्राहरु

वि.सं.२०७६ चैत ८ शनिवार

1.3K 

shares

कबिता प्रेम !

कबितालाइ सुन्दर बनाउन
बिम्बको टीका, प्रतिकको गाजल
मिथकको लाली र लयको मेहेन्दि लगाइ दिए
तरै पनि अहँ, कबिता सुन्दर देखिएन ।

त्यस पछि
कल्पनाको लाछा, भाबुकताको सिरफुल,
शिष्टताको चोलि, शालिनताको फरिया अनि
कोमलताको चुनरी लगाइ दिए

तर यति गर्दा पनि पो कबिता त अझै कुरुप देखियो
त्यस पछि भिकेर प्राण कबितामा राखि दिए
अनि बिचारको आत्मा फुकि दिए ।

त्यस पछि कविता फगत कविता रहेन ।।

कामदारको आबेदन २.

-म गाली सहन सक्छु
-म अपमान पचाउन सक्छु
-म चुपचाप लाज भोग्न सक्छु
-हजुरले जसो भन्नू हुन्छ उसै गर्न सक्छु
र मालिक
मेरो सबैभन्दा ठुलो योग्यता भनेकै मेरो गरिबी हो

त्यसैले म मेरो र मेरो परिवारको भोको पेट सगँ
कहिले गद्दारी गर्ने छुइन मलाई जागिर दिनोस् ।।

परिचय ३

उसको नाम धन बहादुर जोशी
त्यसको नाम भैरव थापा मगर
यसको नाम भबिन्द्रमान दास
यिनको नाम भुमिका माया लिम्बूनी

अहँ, होइन
उसको नाम बेइमान बहादुर जोशी
त्यसको नाम काइते थापा मगर
यसको नाम घमण्डीमान दास
यिनको नाम स्वार्थी माया लिम्बूनी

अनि मेरो नाम ??
सायद मेरो नाम पनि गगन योक्पादेन होइन ।।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:५५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...