back
CTIZAN AD

चीनस्थित नेपाली दूतावासले निकाल्यो यस्तो सूचना

वि.सं.२०७६ चैत ९ आइतवार

1.2K 

shares

९ चैत्र, काठमाडौँ । चीन स्थित नेपाली दूतावासले चीनमा रहेका आफ्ना नागरिकहरुका लागि सूचना जारी गरेको छ । हालै नेपाल सरकारको कोरोनाभाइरस प्रकोप रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले संक्रमणका विरुद्ध आवश्यक तयारी तथा सतर्कता अपनाउने सम्बन्धमा गरेका निर्णयहरुको पालानाका लागि अनुरोध गर्दै सूचना जारी गरेको हो । सूचनामा विदेशमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न एवम् संक्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गरिएको छ ।

सूचनामा नेपाल सरकारले चैत्र ९ देखि चैत्र १८ (तदनुसार २२ मार्च देखि ३१ मार्च) सम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको, सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्यलाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था सहित् आवागमनको व्यवस्था मिलाइएको उल्लेख छ ।

चीनमा रहनुभएका नेपालीहरुका लागि सूचना

साथै‚ १४ मार्च २०२० देखि यता नेपाल आउने विदेशी नागरिक‚ गैह्र आवासीय नेपाली एवम् नेपाली नागरिकले १४ दिनसम्म क्वारान्टाइनमा बस्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

सूचनामा कोरोना नियन्त्रणमा चिनीया सरकारले अपनाएका प्रावधानहरु बारेसमेत जानकारी गराइएको छ । जसअनुसार विमानस्थलमा आगमन पश्चात् यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने एवम् यात्रुको स्वास्थ्य अवस्था एवम् निजले यात्रा शुरु गरेको मुलुक र हालसालै यात्रा गरेका ठाउँहरुको आधारमा सरकारद्वारा तोकिएका क्वारान्टाइन स्थल वा आफै क्वारान्टाइनमा बस्नुपर्ने नियम रहेको जनाइएको छ ।

बेइजिङका हकमा सरकारद्वारा तोकिएका ठाउँमा आफ्नै खर्चमा १४ दिनसम्म क्वारान्टाइनमा बस्नुपर्ने, प्रकोपको अवस्थामा आउने फेरबदल अनुसार उक्त नियमहरु निरन्तर रुपले अद्यावधिक हुँदै गर्ने हुनाले पछिल्लो प्रावधानका बारेमा जानकारी लिएर यात्राको योजना बनाउनु उपयुक्त हुने भनिएको छ ।

सूचनाका लागि फोन गर्न आग्रह
चीनमा कोरोनाभाइरसको प्रकोपबारे राष्ट्रिय स्वास्थ्य आयोगले जारी गर्ने तथ्याङ्क र सूचनाका लागि http://en.nhc.gov.cn प्रयोग गर्न सकिन्छ । नेपालको अध्यागमन सम्बन्धी अद्यावधिक जानकारीका लागि http://www.nepalimmigration.gov.np वा हटलाइन ९७७‒१‒४११‒३०४५ मा सम्पर्क गर्न सकिनेछ । चीनमा रहेका नेपाली नागरिकहरुलाई छिटोछरितो सेवा प्रवाह गर्न दूतावास प्रतिबद्ध रहेको जनाउँदै थप जानकारी र मद्दतका लागि दूतावास एवम् ग्वाञ्जाओ‚ ल्हासा‚ हङकङ र शांघाईका नेपाली वाणिज्यदूतावासहरुद्वारा स्थापित निम्न हटलाइनमा सम्पर्क गर्न सकिने बताइएको छ ।

क)नेपाली राजदूतावास, बेइजिङ द्वितीय सचिव दीपक वि.क। फोन नं: १५६५०७२००६९
ख) नेपाली महावाणिज्यदूतावास, ग्वाञ्जाओ वाणिज्यदूत कुञ्जन शाह, फोन नं: १३३१०८८४८८०
ग) नेपाली महावाणिज्यदूतावास, ल्हासा वाणिज्यदूत जिम्सन रुम्दाली राई, फोन नं: १८८८९०९७७३०
घ) नेपाली महावाणिज्यदूतावास, हङकङ वाणिज्यदूत किरण गुरुङ, फोन नं: ९८५३० ५६२४९०६७
ङ) अवैतनिक नेपाली वाणिज्यदूतावास, शांघाई जेनेट लि, फोन नं: १३८१८३६९५५९

नेपालमा रहेकालाई समेत फर्म भर्न आग्रह
दूतावासले कोरोनाभाइरस प्रकोप विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहेका नेपालीहरुको अद्यावधिक विवरण संकलन गर्ने कार्य भइरहेकाले चीनमा रहेका सम्पूर्ण नागरिकहरु ⁽हाल नेपालमा रहेका समेत⁾ लाई दूतावासको वेबसाइटमा रहेको विवरण फाराम भर्न हार्दिक अनुरोध गरेको छ । संकलित विवरणका मद्दतले दूतावासलाई चीनमा रहेका नेपालीलाई कन्सुलर सेवा प्रदान गर्न सहज हुने व्यहोरा अनुरोध गरिएको छ । http://www.wjx.cn/m/60612057.aspx मा क्लिक गरेर वैयक्तिक विवरण फाराम भर्न सकिनेछ ।

वि.सं.२०७६ चैत ९ आइतवार ०८:०९ मा प्रकाशित

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

त्रिवेणी (रुकुम पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी...

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा...