१० चैत्र, काठमाडौँ । राइटर्स इन्टरनेशनल ग्लोबल समितिको नेपालमा शाखा गठन गरिएको छ । हालै काठमाण्डौंमा भएको एक भेलाले साहित्यकार उपमा आचार्यको नेतृत्वमा राईटर्स ईन्टरनेशनल, राष्ट्रीय समिति, नेपाल गठन गरिएको हो ।
सो कार्यसमितिको उपाध्यक्षमा राधिका गुरागाई, महासचिवमा पुण्यप्रसाद आचार्य, सचिवमा शारदा पाण्डे र कोषाध्यक्षमा गंगा सुवेदी रहेका छन् ।
त्यस्तै सदस्यमा सुदिव गुरागाईं, ज्ञाननिष्ठ ज्ञावली, देवा अधिकारी र राधा गजुरेल रहेका छन् ।
वि.सं.२०७६ चैत १० सोमवार १०:५४ मा प्रकाशित






























