११ चैत्र । विश्वमै फैलिरहेको कोरोना भाइरसबाट बच्ने उपाय खोज्ने क्रममा आफै डाक्टर हुने र बच्ने उपाय भन्दै अरुलाई सुझाव दिनेहरुको भिड अहिले सामाजिक सञ्जालमा धेरै नै देखिन्छन् । यस्तै आफै डाक्टर बन्न खोज्दा एक परिवारमा श्रीमानको मृत्यु भएको छ भने श्रीमती अस्पताल भर्ना हुन पुगेकी छन् ।
अमेरिकाको एरिजोनामा कोरोनाभाइरसलाई रोकथाम गर्न चिकित्सकलाई नसोधि आफै क्लोरोक्विन नामक ओखति खाँदा ती श्रीमानको मृत्यु भएको हो भने श्रीमती अस्पतालमा उपचाररत रहेको खबर अमेरिकाबाट प्रकाशित इनेप्लिज डटकमले समाचार छापेको छ ।
समाचारमा जनाइए अनुसार क्लोरोक्विन फोस्फेट सेवन गरेपछि उक्त व्यक्तिको निधन भएको हो । क्लोरोक्विन फोस्फेट खायो भने कोरोनाभाइरस संक्रमित हुनबाट बचाउँछ भन्ने विश्वासमा खाँदा श्रीमानको मृत्यु हुन पुगेको मृतककी श्रीमतीले बताएकी छन् । उक्त औषधि सेवन गरेको कारण उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा कोरोना भाइरस सम्बन्धि दैनिक जानकारी दिने उद्धेश्यले गरेको पत्रकार सम्मेलनमा उक्त ओखतिले फाइदा गर्ने भनेको सुने पछि आफै ओखति लिदा पतिको ज्यान गएको ती महिलाको भनाइ छ ।
यद्यपि, विषाक्त पदार्थ जोडीले सेवन गरेको क्लोरोक्विन नामक औषधीको रूप भने थिएन, जो हाइड्रोक्सीक्लोरोक्विको रूप थियो तर क्लोरोक्वाइन नै थियो । उनीहरुले उक्त ओखति थोरै मात्रामा तरलसँग मिश्रित गरि सेवन गरेको उल्लेख छ । दुवै जोडी करिव ६० बर्षका रहेका थिए, जुन उमेर भाइरसको जटिलताको उच्च जोखिम हुने हुन्छ ।
पत्नीका अनुसार औषधि सेवन गरेको केहि मिनेटमै श्रीमान बिरामी परेका थिए । उपचारका लागि अस्पताल ल्याएको केही क्षणमै मृत्यु भएको एनबिसी वाशिंगटन डटकमको स्रोत खुलाई समाचारमा उल्लेख गरिएको छ ।
वि.सं.२०७६ चैत ११ मंगलवार १७:२९ मा प्रकाशित






























