
डा.राजेश चन्द्र जोशी भन्छन“कोरोना भाईरसबाट बच्न नियमित ८ घण्टा आराम गर्नुु, आत्मरक्षा प्रणाली मजबुत बनाउनु, ब्रत नबस्नु, भिटामिन सि, मल्टी भिटामिन ,नियमित खानपान र स्वास्थ्यमा ध्यान दिनु । ”
खेम कार्की, सोल । दक्षिण कोरिया । दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने भएका छन् । नेपाली दुतावा दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले “कोरियामा कोरोना भाईरसको अवस्था” सम्बन्धमा शुक्रबार गरेको विशेष कार्यक्रममा बोल्दै काम छोडेर बसेका सम्पूर्णको लागि २ महिना थप हुने बताएका हुन् । यस अनुसार अब ७ दिन समय बाकीले थप २ महिना थप हुदा २ महिना ७ दिन र १ महिना बाँकी हुनेको २ महिना थप्दा ३ महिना समय पाउनेछन् ।
कोरियामा कम्पनीबाट पाउने रकम भने कोरियन कम्पनीसंग लिन सामसुङको विमा र टिकटको रकम नेपालबाट पनि पाउन सकिने पनि बास्तोलाले जानकारी दिए । भाईरसको कारण अनलाईन प्रणालीबाट नै विभिन्न सेवाहरु दिन थालेको हुदा भौतिक उपस्थित हुन जरुरी नरहने पनि बास्तोलाले जानकारी दिए ।
भाईरसबाट सचेतना जगाउन एन आर एन संग मिलेर कार्यक्रम गर्दै आएको र आफूहरु गम्भीर रहेको उनले बताए । कोरियामा असहज परिस्थितीरहेपनि कोरियामा आत्तिनु नपर्ने, यहाँको लागि कोरियन सरकारले पनि विशेष ध्यान दिने हुँदा नेपालमा रहेका आफन्तले पनि चिन्ता नगर्न बास्तोलाले अनुरोध गरे ।
कोरियन सरकारले दिएको उच्च शतर्कता घोषणा गरेर लागेको हुदा उनीहरु नियमति दिने सूचना पालना गर्ने तर आत्तिनु नपर्ने र सचेतता भने अपनाउनु पर्ने बताए ।
यस अघि कोरियाले केही अन्य भिसामा रहेकालाई ५० दिन थप्ने समेत निर्णय गरेको थियो । कोरियामा पछिल्लो दिन थेगु र अन्य क्षेत्रमा पनि सक्रमित बढदै गएको छ ।
यसैगरी कोरियामा रहेका नेपाली डाक्टर राजेश चन्द्र जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिएका छन्। उनले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने, नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने, यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण सुझावहरु दिएका छन् ।
हात धुदा ३० सेकेन्ड भन्दा बडि राम्रोसंग धारामा धुने, हात आखाँ, नाक, मुखमा नछुने, हाछयू गर्दा बाहुलाले छेकेर मात्र गर्ने, रुघा खोकी र ज्वरो आएको मान्छे संग बच्ने, त्यस्तो व्यक्तिको नजिक नजाने, गर्भवती र महिला र वृद्धले अझ बढि सचेत हुने । आफूलाई रुघा,खोकी लागेको छ भने आफू सचेत हुने यसले अरुलाई सर्न रोक्छ । ज्वरो र खोकी लागेको कोरोनाको शंका लागेमा ज्वरोको औषधी खाएर हेर्ने २÷४ दिनमा सन्चो नभएको अवस्था भो भने नजिकको हेल्थ पोष्ट वा १३३९ मा कल गर्न सकिन्छ ।
एरिया कोड संगै १२० मा कल गरेर कोरियामा जानकारी लिन सकिन्छ । बाहिर जादाँ पनि सम्भव भए आफ्नो सवारी साधन, नभए टयाक्सीमा जाने सकेसम्म सार्वजनीक बसहरु प्रयोग नगर्ने ।
हस्पिटल पुगेपछि डाक्टरको सल्लाह अनुसार गर्नु पर्दछ । केही रुखा खोकीमै कोरोना भनेर डराउनु नपर्ने उनको सुझाव थियो रुखा खोकी संगै ज्वरो पनि आउने यसको लक्षण हुन्छ । बृद्ध बृद्ध र बढि उमेरकोलाई चाडो सर्ने र युवा र केटाकेटीलाई असर अलि कम देखिने गरिएको डा जोशीको अनुभव थियो । भाईरस धेरै घण्टा सम्म बाच्ने हुदा, बाहिर फलाम, काठ, भित्ता, ढोकाका हयाण्डील, भरयांग जस्ता हयाण्डल जस्ता अरुले प्रयोग गर्ने बस्तुबाट बच्ने वा यस्ता कुराहरुको प्रयोग पछि सकेसम्म पहिले हात, मुख धोईहाल्ने । त्यो हातले सकेसम्म नाक मुखमा नछुने भनेको कारण र नियमित धुनु भएको कारण पनि त्यही हो ।
तातोमा बस्ने तर हयुमिडिटी ४० देखि ६० मा राख्ने , कोठामा वाफयुक्त बनाउन भिजेको ताबेल हरु राख्ने , पुरै डा«ईले पनि असर गर्छ ।
भिटामिन सि ५००, १००० को यो पानीमा घुल्ने हुदा अलि धेरै हुदा केही हुन्न, मल्टी भिटामिन भिटामिनयुक्त खाना खाने, जिउलाई आराम गर्ने, नियमित ८ घण्टा सुत्ने । गाउँघरमा भन्ने गरिएको बेसार पानी, दही नाकमा लगाउने गर्दा पनि फाईदा नै पुग्ने ।
यस्तै गरी थेगुका रेष्टुरेन्ट व्यवसायी अर्जुन श्रेष्ठले मास्कको अभाव भएको बताए । विभिन्न खाधान्न सामानको मूल्य पनि विगतको दिनमा बढेको, व्यापार व्यवसाय घटनुको साथै थेगुमा चहलपहल निकै घटेको जानकारी दिए ।
वि.सं.२०७६ चैत १३ बिहीवार ११:०४ मा प्रकाशित