back
CTIZAN AD

क्वारेन्टाइनमा अहेव कुटिए, औंला टोकीदिए

वि.सं.२०७६ चैत १३ बिहीवार

1.1K 

shares

१३ चैत्र, काठमाडौँ । संसारमा महामारीको रुपमा फैलिसकेको कोरोना भाइरसले नेपाल पनि प्रभावित बनिरहेको छ । भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गर्ने र बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेको छ ।

यस्तो बेला सरकारलाई सघाउनु पर्नेमा हामी कति मुर्ख छौँ भन्ने कुरा बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोट क्वारेन्टाइनमा देखिएको छ । क्वारेन्टाइनमा किन राखेको भन्दै उनीहरुका परिवार क्वारेन्टाइनमा छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काउनुका साथै हातको औंला टोकिदिएका छन् ।

चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।

भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखिएकोमा बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाइ दिएका हुन् ।

क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई प्रमाणित नगरी किन क्वारेन्टाईनमा रोखको भन्दै राती १०ः बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनबहादुर धामीमाथि कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने नरेन्द्र जागिरीका छोरा सुनिल जागिरीसहित भारतको व्याङ्लोरबाट सात जना हिजो चैत १२ गते पुरचौडी पुगेका थिए । सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाईनमा राखिएका थिए ।

घाइते भएका स्वास्थ्यकर्मीलाई हाट स्वास्थ्य चौकीमा उपचार भैरहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए ।

आफ्नो ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसैघण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएको उनको भनाइ छ ।

स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घट्ना भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने निज नरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिप्रका वैतडीका प्रवक्ता समेत रहेका इन्सपेक्टर कृष्ण चन्दले जानकारी दिए । उनीमाथि प्रचलित कानुन अनुसार कार्वाही गरिने बताए ।

वि.सं.२०७६ चैत १३ बिहीवार १७:२० मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...