back
CTIZAN AD

कविता: व्यापार

वि.सं.२०७६ चैत १५ शनिवार

1.3K 

shares

महोदय,
म यतिखेर
व्यापार र मूल्य वृद्धिकै
प्रश्न उठाइरहेकी छु

घरघरमा चोक चोकमा छन्,
मान्छे खरिद बिक्रीका पसलहरु

नैतिक लोगो विनाका मान्छेहरु,
गुणस्तर विनाका मान्छेहरु,
रातोदिन अवैध कारोबार चलाइरहेकाछन्

यहाँ सबथोक महङ्गो छ

धर्म,
मानवता,
विद्दत्व,
सिपकला,
के छैन बिक्रीमा
विज्ञापनको पहुँचले ब्यापार चलाइरहेका छन्

मान्छेका पसलहरुमा
मान्छेको मनमानी मूल्य छ
पद पहुँच, प्रशासन महङ्गो छ
मिसावटै मिसावटका मान्छेहरु
मान्छे ब्यापारीका संगठनमा आवद्द छन्

म गुणस्तरीय मान्छेहरुको पसल चाहान्छु

मान्छेले मान्छेको मन र,अङ्ग अङ्गको
कारोबार गर्ने पसलमा
गुणस्तरको प्रश्न उठाउन निषेध छ

कस्ले गर्छ हँ यहाँ अनुगमन ?

मान्छेका कारोवार गर्ने पसलमा
निर्धारित दर भाऊ छैन
ज्ञान, विवेक र मान्छेका स्तरको नाप तौल छैन
महोदय,
मेरो एउटा प्रश्न ?
अब म यहाँ
अभिनयको कारोबार गरुँ कि, वास्तविकताको ?

जीवन यापनको ब्यापार त मैले पनि गर्नै पर्छ

जवाफ चाहान्छु महोदय,
यि मान्छेले, मान्छे बेच्ने ब्यापारमा
म कुन मूल्य निर्धारण गरुँ ?
मायाको कि जालसाजीको ?
म कुन व्यापार गरुँ ?
वैध कि अवैध ?

वि.सं.२०७६ चैत १५ शनिवार ०९:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...